News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ लाख ७७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
- गत एक साताको अवधिमा सुनको भाउमा ६ हजार २ सय रुपैयाँको गिरावट आएको छ ।
१७ असार, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ ६ हजार २ सय रुपैयाँ घटेको छ । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार २७० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार २८५ रुपैयाँ थियो । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ४८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4