+
+
Shares

हुम्लाको स्याँडामा पहिलोपटक पुग्यो गाडी   

हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ ।

रासस रासस
२०८३ असार १७ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा पहिलोपटक सडक पहुँच पुगेको छ ।
  • गाउँपालिकाले एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सडक निर्माण सम्पन्न भएको हो ।
  • सडक निर्माणसँगै खाद्यान्न र औषधि ढुवानी सहज भएको वडाध्यक्ष कमल बुढाले बताए ।

१७ असार, हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो ।

यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन् ।

दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।

स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए।

गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?