News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले आफ्नो स्थापनाको ६८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।
- पर्यटनमन्त्री खडक राज पौडेलले निगमका कर्मचारीलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ।
- निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले यात्रुको चाप र आम्दानीमा वृद्धि भएको जानकारी गराउनुभएको छ।
१७ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले स्थापनाको ६८ औं वार्षिकोत्सव मनाएको छ । निगमको केन्द्रीय कार्यालय न्युरोडमा आयोजित वार्षिकोत्सव कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले सबै कर्मचारीलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
उनले निगमले गरेका राम्रा कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने बताए । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको अवस्थालाई समीक्षा गरी अहिले नै निराश नहुन र निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने बताए ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको हालको अवस्थाका बारेमा जानकारी गराए । उनले निगमका अनेकौं चुनौती र बाधाहरूका बीचमा पनि धेरै सकारात्मक सङ्केतहरू देखाउन सफल हुँदै गएको बताए ।
उनले पछिल्लो समय यात्रुहरूको सङ्ख्या वृद्धि भएको र निगमको आम्दानी पनि बढेको बताए । निगमले विगतका अनुभवबाट शिक्षा लिँदै वर्तमानका चुनौतीप्रति सजग रहँदै भविष्यप्रति स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताउँदै उल्लेख गरे ।
कार्यक्रममा वार्षिकोत्सव विशेषाङ्क आकाशभैरव लोकार्पण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा असार १२ गते निगमको केन्द्रीय कार्यालय र त्रि.अ.वि.मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा निगमका कर्मचारी लगायत कूल २६४ जनाले रक्तदान गरेका थिए ।
प्रतिक्रिया 4