+
+

महोत्तरीबाट लागूऔषधसहित भारतीय युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १२:२६

२९ मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीको टोलीले महोत्तरीबाट ठूलो परिमाणको लागूऔषधसहित आइतबार बिहान एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

लागूऔषध लिएर भारतबाट नेपालतर्फ आउन लाग्दा महोत्तरीको मटिहानी नगरपालिका ९ स्थित जलसागरबाट भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला मधवापुर १ बिरोकर निवासी राकेश कुमार महतोलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण हेडक्वाटरको टोलीले चेकजाँचका क्रममा १९ वर्षीय महतोलाई लागूऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

महतोको साथबाट फेनारगन ३ सय बोतल, नुफिन २ सय ९४ बोतल, डाइजेल्याब २ सय ९५ बोतल तथा एक घडी र चामल १० किलो फेला परेको उपरीक्षक अधिकारीले बताए ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?