Comments Add Comment

ब्लग

List Grid
यी युवतीले नेपालमा पर्यटक पठाउलिन् त ?

कात्तिक ८ गते बिहीवार बेलुकीको ८ बज्नै लागेको थियो । काठमाडौंस्थित नेपालको एक मात्र अन्तरास्टि्रय विमानस्थलको प्रस्थान कक्ष हुँदै एअर अरेबियाको बेलुकीको ९ बजेर १० मिनेटको न्ढ-छघड उडान मार्फत यूएईको शारजाह आउँदै थिएँ । बोर्डिङ पास लिने क्रममा मसँगै लाईनमा उभिएकी एक नेपाली युवतीको लगेज तोकिएको भन्दा ६ केजीले बढी भयो । प्रतिकेजी १५ सयको […]

र्‍याप भनेको भजन होइन, तर….

मेरो ७ वर्षे छोराको मुखमा झुण्डिएको छ भि–टेनको गीत– हामी यस्तै त होनी ब्रो । उ गाउँदै हिँड्छ यस्ता शब्दहरु– झ्याप हुादै हिँड्छु म… नयाँ र्‍याप सुनाइदिन्छु ल… थाइल्यान्डको माल हान्छु बनारसको पान खान्छु भात खान्छु बेलायतको हग्न आउँछु काठमाडौं कक्षा १ मा पढ्ने बच्चाले ‘थाइल्यान्डको माल हान्छु’ भन्ने शब्दको निहितार्थ पक्कै बुझेको छैन । […]

टर्कीमा कमरेडहरूलाई धन्यवाद ! शान्तिका लागि लडाइँ जारी छ !

शान्ति र समाजवादका लागि लडाइँ जारी छ र जारी रहनेछ । किनभने, हामी थाकेका छैनौँ, जनता थाकेका छैनन् । सय वर्षअघि लेनिनले स्थापना गरेको कम्युनिस्ट अन्तर्राष्ट्रिय आज अस्तित्वमा छैन । तर, हामीसँग हाम्रा लक्ष्यहरू छन्, योजनाहरू छन् र सपनाहरू छन् । सय वर्षपछि उभिएर पनि आज हामीले भन्नैपर्दछ र भनिरहेका छौँ– समाजवादको औचित्य सकिएको छैन […]

जेलबाट छुटेका कैदीजस्तै एनआरएन प्रतिनिधि

प्रधानमन्त्री खड्गप्रसाद ओलीले एकताका भनेका थिए, नेपालीले चान्स पायो भने गर्छ । यो कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमिमा एनआरएन सम्मेलनमार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुशासनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझैं देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभुमिको भौतिक सम्पत्ति तोडफोड गर्नेदेखि हुलदंगासम्म उत्रिए, जसले गर्दा विदेशमा बस्ने […]

सांसदलाई फौजदारी अभियोग : शक्ति दुरुपयोगको दुश्परिणाम

बहालवाला सांसदहरु एकपछि अर्को गर्दै विभिन्न अभियोगमा तानिन थालेको विषय यतिबेला राजनीतिक वृत्तमा बहसको ‘ट्रेन्डिङ’मा छ । निवर्तमान सभामुख कृष्णबहादुर महरादेखि मोहम्मद अफताव आलम र पार्वत गुरुङविरुद्धको मुद्दा अदालतसम्म पुग्नु आफैंमा सामान्य विषय होइन । घटना र अभियोगका आ-आफ्नै पृष्ठभूमि रहे पनि सारभुत रुपमा यी परिघटनाहरु शक्ति दुरुपयोगसँग अभिन्नरुपले जोडिएका छन् । औपचारिकताका लागि जेसुकै […]

बाल विवाह : बुवाआमाको रहर, सन्तानलाई कहर

पर्साको बहुदरमाई नगरपालिका-१ का सुरेन्द्र पटेल ३० वर्षका भए । उनी गाउँमै ट्याक्टर चलाएर जिविकोपार्जन गर्छन् । सात सदस्यीय परिवारको पालन पोषणको जिम्मा उनकै काँधमा छ । भर्खर विवाह गर्ने बेला भएको जस्तो देखिने उनी ५ सन्तानका बुवा हुन् । १५ वर्षकै कलिलो उमेरमा उनको विवाह भयो । परिवारमा उनी, श्रीमति र पाँच सन्तान छन् […]

पर्यटनमा अगुवा गण्डकी प्रदेश

गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा सहासिक पर्यटनका हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश हो । मौलिक कला,संस्कति, प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधताले यस प्रदेशका अमूल्य निधि हुन् । पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर यहाँका अमूल्य कला, संस्कृति र प्राकृतिक, ऐतिहासिक सम्पदा र प्रचूरताका हिसाबले गण्डकी प्रदेश अग्रस्थानमा छ । जैविक, सामाजिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक […]

गन्तव्य डी : विपदबाट भौतिक संरचनालाई जोगाऔं

हरेक वर्ष अक्टोवर १३ का दिन विश्व विपद् न्यूनीकरण दिवस मनाइन्छ । सन् १९९८ मा राष्ट्रसंघीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवर्द्धन गर्न यो दिवस मनाउने निर्णय गरेको थियो । दुई दशकसम्म्म यो दिवस अक्टोवर महिनाको दोश्रो बुधवारका दिन मनाइन्थ्यो । सन् २००९ को डिसेम्बरमा हरेक बर्षको अक्टोबर १३ का दिन […]

नेपाल–चीन सम्बन्धको ऐतिहासिक पाटो

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङका नाममा गोरखापत्र दैनिकलगायतका केही राष्ट्रिय दैनिकले एक आलेख छापे । सीको नाममा ‘हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु‍र्‍याऔं’ शीर्षकमा लेखिएको सो आलेखमा भनिएको थियो ‘करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद […]

नेपाली नेताका छोराछोरीलाई चिनियाँ छात्रवृत्ति !

चीनका शक्तिशाली राष्ट्रपति सी जिनपिङ आफ्नो पहिलो नेपाल भ्रमणका लागि काठमाडौँ अवतरण गर्दैछन् । दुई दशक भन्दा बढी समयपछि हुन थालेको चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि ऐतिहासिक मात्र होइन, राजनैतिक र आर्थिक हिसाबले पनि निकै महत्वपूर्ण छ । चीनको राज्यसत्ताको सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गर्न सफल सी माओपछिका सबैभन्दा शक्तिशाली र लोकप्रिय चिनियाँ […]

त्यसपछि म पनि शाकाहारी बनेँ

वैदिककालदेखि नै महत्वपूर्ण रहेको शारदीय नवरात्रिको महत्वलाई विविध पक्षबाट विश्लेषण गर्न सकिन्छ । दसैंको महत्व केवल सामाजिक हिसाबले मात्रै विश्लेषण गरेर हुँदैन । यसको दार्शनिक, पौराणिक, मनोबैज्ञानिक रुपले समेत यसको महत्वलाई उजागर गराउन सकिन्छ । एकसरो लुगामा वर्ष गुजारेकाहरुको लागि यो एकसरो कपडा फेर्ने पर्व हो । वर्षभरी घरजान नपाएकाहरुको लागि यो घरमा आफन्तहरुसँग भेटघाट […]

दशैंः सांस्कृतिक कि धार्मिक पर्व ?

हरेक वर्ष आउने दशैंले एउटा बहस सिर्जना गरिदिन्छ । दशैं पर्व आदिवासी जनतातिको हो कि होइन ? उनीहरुले दशैं मान्ने कि बहिष्कार गर्ने ? यो हिन्दुहरुको धार्मिक चाड हो कि समस्त नेपालीको सांस्कृतिक चाड ? हरेक दशैंले यस्तै प्रश्नहरु बोकेर आउँछ । आदिवासी–जनजाती समुदायको एउटा हिस्साले आफूहरुलाई राज्यले धार्मिक तथा सांस्कृतिक विभेदमा पारेको कारणले हिन्दुहरुको […]

दशैंको यात्राः ठूलालाई मस्ती, सानालाई सास्ती

यसपटक दसैंमा घर जान अलि ढिलो भयो । प्रायजसो म परिवारसहित फूलपातीभन्दा पहिले नै घर पुगिसकेको हुन्थें । त्यसैले दसैं यात्राको कष्ट त्यति थाहा थिएन । यसपटक काम बिशेषले गर्दा फूलपातीको अघिल्लो दिन साँझ मात्रै उकुसमुकुस काठमाडौँबाट भाग्ने मौका मिल्यो । श्रीमती र कान्छी छोरी तिन दिन अगाडि नै घर पुगिसकेका थिए। ठूली छोरीले मसँगै […]

कृष्णबहादुर महराले नहेरेको सेक्सन ३७५

आइतबार साँझ महराको यौन प्रकरण हुनुभन्दा ठीक दुई हप्ता अगाडि एउटा हिन्दी सिनेमा रिलिज भएको थियो, ‘सेक्सन ३७५’। विषय ठयाक्कै महरा प्रकरणसँग मेल खाने । यदि रोशनी शाहीलाई दिने समय केही घटाएर पूर्वसभामुख कृष्णबहादुर महराले यो सिनेमा हेरेका भए यो घटना हुने थिएन । किनकि उनको विवाहेत्तर यौन जीवनसँग शायद पूरापूर मेल खाने फिल्मको कथाले […]

दशैंमा चालक, सहचालक र यात्रुलाई १० सुझाव

हामी सबै चाडको मुडमा छौं । नेपालीहरुको महान चाड दशैंले हामी सबैलाई छोइसकेको छ । सडक र चौकमा देखिएको सवारीको चाप र यात्रु र सर्वसाधारणको बढ्दो राप र तापले दशैं आइसकेको संकेत गरिरहेको छ । सार्वजनिक सवारीमा यात्रुहरु खचाखच देखिन्छन् । छोटो दुरीमा एकपटक आउजाउ गर्ने सवारी साधनहरु यतिबेला पटक-पटक यात्रु ओसार-पसार गरिरहेका छन् । […]

कृष्णबहादुर महरा र ज्ञानेन्द्र शाहीको घटनाले दिएको सन्देश

पछिल्लो साता नेपालमा दुई ठूला घटना भए : एउटा ज्ञानेन्द्र शाही पिटिनु र अर्को कृष्णबहादुर महराबाट महिलामाथि करणीको आरोप लाग्नु । दुबै घटना अपाच्य र निन्दनीय छन् । देशको ऐन नियम बनाउने निकायका प्रमुख व्यक्ति सभामुख कृष्णबहादुर महराले असोज १२ गते आइतबार साँझ रक्सीको नसामा बानेश्वरमा एक महिलामाथि जर्वजस्ती करणी गरेको भनेर ती महिला मिडिया […]

‘साथीहरू कता जानुभयो, म भागेको छैन’

संक्रमणकालीन न्यायसम्बन्धी समस्या हाम्रो आफ्नै समस्या हो । यो नेपालीहरुको समस्या हो । नेपालका सबै संस्था, पार्टी, नागरिक समाज, सबै हाम्रा स‌ंवैधानिक संस्थाहरु मिलेर नै यसलाई समाधान गर्नुपर्ने हुन्छ । यो समस्यामा अन्तराष्ट्रिय समुदाय पनि कुनै न कुनै रुपले शान्ति प्रकृयाको सुरुवातदेखि अहिलेसम्म जोडिएको छ । अन्तरराष्ट्रिय समुदायका आफ्ना प्रकारका सरोकार छन्, त्यसलाई पनि हामीले […]

नागढुङ्गा सडक र रेलको कुरा

यतिखेर सामाजिक सञ्जालदेखि राष्ट्रिय दैनिकसम्म नौविसे-नागढुङ्गा सडकमार्गको जामले तातेको छ । राजधानी छिर्ने र बाहिरिने मुख्य नाकामा घण्टौंसम्म जाम पर्न थालेको छ। यसले सर्वसाधारण यात्रुको दैनिकी नराम्ररी प्रभावित पारेको छ। जामकै कारण समयमा उपचार नपाएर बिरामीको ज्यान सम्म गएको छ। नेपालीहरुको महान पर्व बडा दसैं नजिकिँदै जाँदा घटस्थापना पस्चात अधिकांश स्कुल, कलेज बन्द हुने र लाखौं यात्रुले […]

‘हामी एसएलसी टपर हैनौं, स्कलरले दुनियाँ बदल्दैनन्’

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको त कुरै नगरौं । डा.सूर्यराज आचार्यले इञ्जिनियरिङमा पीएचडी गर्नुभयो । तपाईंले पढ्दै गर्दा हामीलाई लाइबेरी जाने फुर्सद थिएन । यो देशमा राष्ट्रियताको झण्डा पनि हामीले नै बोक्यौं । जनजीविकाको झण्डा पनि हामीले नै बोक्यौं । […]

बेल्ट रोड पहल र चिनियाँ चासो

बेल्ट र सडक पहल -बीआरआई) भनेको चीन सरकारको विश्वव्यापी विकास रणनीति हो । चिनियाँ सरकारले १५२ देशहरूमा पूर्वाधार विकास र लगानी गर्न अघि सारेको यो रणनीतिमा एसिया, युरोप, अफ्रिका, एसिया प्रशान्त मध्य पूर्व र अमेरिका जस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरु संलग्न छन् । सन् २०१३ मा इन्डोनेसिया र कजकिस्तानको आधिकारिक भ्रमणका क्रममा जनवादी गणतन्त्र चीनका नेता सी […]

मौरीको रानो हराएको त्यो दिन

सन् २००६ को सेप्टेम्बर । अफिसको कामको सिलसिलामा युगान भाइ, रितेश र म सगरमाथा राष्ट्रिय निकुञ्जतिर गएका थियौं । सगरमाथातिरको यात्रा हामी तीनै जनाको लागि पहिलो थियो । अर्कोतिर त्यसै समयमा हाम्रो कार्यालय प्रमुख डा. चन्द्र प्रकाश गुरुङसहितको टोली कञ्चनजंघा संरक्षण क्षेत्र समुदायलाई हस्तान्तरण गर्न ताप्लेजुङ्ग लाग्दै थियो । डा. चन्द्र गुरुङलाई हामी सबै ‘डाक्टर […]