Comments Add Comment

ब्लग

List Grid
उपनिर्वाचनको भाष्य : सानालाई संकट, ठूलालाई महासंकट !

१८ मंसिर, काठमाडौं । भनिन्छ, बीजगणितका सूत्रले मानिसको स्वार्थमा प्रतिकूल असर पार्ने भए मान्छेले गणितका ती सूत्रलाई समेत आफ्नै स्वार्थअनुकूल अप–व्याख्या गर्थे  होलान् । भर्खरै सम्पन्न उपनिर्वाचनको गणितीय नतिजालाई लिएर भइरहेको व्याख्याले कार्य–कारण सिद्धान्तको धज्जी उडाइरहेको छ । कार्य–कारण सिद्धान्तअनुसार हरेक घटनाका पछाडि कारणहरु लुकेका हुन्छन् । निश्चित कारणले घटनाहरु घट्छन् । घटना भइसकेपछि त्यसले […]

गढीमाईमा पशुबली होइन नरिवल र कुभिण्डो चढाऔं

प्रत्येक पाँच–पाँच वर्षमा लाग्ने गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो । यस वर्षमा लाग्ने बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गते देखि एक महिनासम्म लाग्ने मेला हो यो । विश्वमै सबैभन्दा बढी बली चढाइने भनिएको गढीमाई मेला सुरु भइसकेको छ । धार्मिक आस्थाको केन्द्रका रुपमा मात्र नभई पर्यटकीय स्थलका रुपमा समेत […]

यसरी समाधान गरौं नेपाल–भारत सीमा समस्या

मैले एउटा कुरा सुनेको छु, शायद यो कुरा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि सुन्नुभएको होला, यदि त्यस दिन उहाँ क्लासमा आएको भए । उहाँको प्रसंग यस अर्थमा जोडिएको हो कि उहाँ अहिले शक्तिशाली पार्टीका केन्दीय सदस्य मात्र नभई सो पार्टीको विदेश विभागका उपप्रमुख पनि हुनुहुन्छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेपालभारतबीच […]

जापानमा कामदार पठाउन नेपालले गर्नुपर्ने काम

जापानले लामो समयदेखि सामना गर्दै आएको कामदारको चरम अभावलाई सम्बोधन गर्दै यसै बर्षको अप्रिल १ बाट नयाँ कानुनलाई अनुमोदन गरेको छ । यसअन्तर्गत नेपाललगायत अन्य ८ वटा मुलुकबाट बिशेष सीप भएका विदेशी कामदारलाई जापान भित्र्याउने योजना जापान सरकारले लिएको छ । जापान सरकारको विदेशी कामदार भित्र्याउने योजनाअनुरुप अहिले विभिन्न देशमा जापानी भाषा र सीपका परीक्षाहरु […]

धरानको पराजयबाट नेकपाले के सिक्न सक्छ ?

यस पटकको उपनिर्वाचनको परिणामलाई संख्यात्मक हिसाब तुलना गर्ने हो भने ठूला राजनीतिक दललाई खासै नोक्सानी देखिएको छैन । उपनिर्वाचनले साना दलको भविश्यमाथि भने प्रश्नचिन्ह खडा गरिदिएको छ । अबको दिनमा साना पार्टीको भविश्य कता जाने हो, अनिश्चित बनेको छ । तर, परम्परागत दलहरुको अस्तित्व भने उस्तै देखिएको छ । मधेसमा मधेसवादी दलको उपस्थिति पनि उस्तै–उस्तै […]

मुख्यमन्त्रीज्यू, श्रीसिया नदी कसले सफा गर्ने ?

नदी, समुद्र तथा महासागरहरुले आदिकालदेखि नै सृष्टिलाई अनवरत राखेका छन् । नेपाल विश्वको दोश्रो जल श्रोतको धनी देश हो । मुख्य नदीहरु गण्डकी, कोशी तथा कर्णाली गएर भारतको गंगामा मिल्छ । साना नदीहरुको पनि आफ्नो ठूलो महत्व छ । श्रीसिया पनि भारत र नेपालमा आफ्नो ठाउँमा ठूलो महत्वका साथ दुबै देशमा बग्ने गर्दछ । श्रीसियाको […]

हिरालाल रंगशालामा नेताज्यूको हल्का रमाइलो !

मंसिर १० गते बाराको निजगढस्थित सहिद हिरालाल रंगशालामा नेकपा प्रदेश नं २ ले आमसभा राख्यो । कार्यक्रम पूर्णतः राजनीतिक भएता पनि ‘प्रदेश नं २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि’ भनेर सभा राखिएको थियो । विभिन्न जिल्लाबाट ठूलो संख्यामा नेता–कार्यकर्ता पुगे । सभाको राम्रै प्रचार–प्रसार गरिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आउने […]

पर्यटनमन्त्री भट्टराईलाई पाँच प्रश्न

माननीय ज्यू, नमस्कार । तपाईंको काँधमा गह्रुँगो अभिभारा आएको छ । खास गरी रवीन्द्र अधिकारीको निधनपछि आफूमाथि बढेको भारको अनुभूति गर्नु पनि स्वाभाविक हो । तर, यो भारलाई कसरी बिसाउने ? यसमा चाहिँ तपाईं चुक्नु हुँदैन । अहिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा निकै चहल–पहल छ । हामीजस्ता रुखप्रेमीहरुलाई त खुला मैदानमा आएर तपाईंले उतार्ने १० […]

माओवादीमा मंसिर महिनाको संजोग

तत्कालीन माओवादी पार्टीले २०५८ मंसिर ८ गतेका दिन आफ्नो सैन्य शक्तिलाई जनमुक्ति सेनाका रुपमा औपचारिक घोषणा गरेको थियो । जनमुक्ति सेना घोषणा पूर्वमाओवादी सैन्य शक्ति छापामार सेनाको रुपमा क्रियाशील थियो । सोही दिनकै अवसर पारेर मंसिर ८ गते राति दाङ जिल्लाको घोराहीस्थित शाही नेपाली सेनाको ब्यारेक लगायत देशव्यापी फौजी कार्वाहीहरु भएका थिए । स्याङ्जा र […]

दुगडको इन्ट्री, गोकर्णको बहिगर्मन

लामो बहस, हल्ला र चर्चाका बीच अन्ततः संघीय सरकारको मन्त्रिपरिषद पुनर्गठन भएको छ । कामको समीक्षा गर्दै गति प्रदान गर्नका लागि गरिएको पुनर्गठनसँगै नेकपाका कतिपय कार्यकर्ताहरु पुनर्गठनबाट उत्साहित हुन सकेका छैनन् । हल्ला चलेदेखि उत्साहित बनेका कार्यकर्ताहरुको औपचारिक र अनौपचारिक प्रतिकृयाहरुले त्यति राम्रो संकेत गरेको छैन । धेरै आएका र गएका मन्त्रीहरुको विषयमा त्यति समीक्षा […]

कृषिमन्त्री घनश्याम भुसाललाई पत्र !

माननीय मन्त्रीज्यू, नमस्कार ! हुँदा खाने वर्गसँग प्रत्यक्ष सरोकार राख्ने यति महत्वपूर्ण मन्त्रालयको मन्त्री हुनुभएकोमा सर्वप्रथम हजुरलाई हृदयदेखि नै बधाई एवं शुभकामना व्यक्त गर्न चहन्छु । सच्चा कम्युनिस्ट नेताको छवि बनाएर सबैको मन जित्न सक्नुभएको छ आजसम्म र अब कसरी यो छविलाई आफूले पाएको अवसरबाट चरितार्थ गर्नुहुन्छ, हेर्न बाँकी छ । हजुरको तार्किक र वजनदार […]

पेरिसमा पाकेटमार !

यही वर्षको अगस्टमा फिनल्याण्डबाट फ्रान्स जाने योजना बन्यो । नेपालबाट एउटा कार्यक्रममा भाग लिन फिनल्याण्ड आएको साथीले पेरिस पुग्ने ठूलो रहर गरेपछि ३ दिने पेरिस भ्रमणको कार्यक्रम बन्यो । केही समयअघि मात्र दक्षिण अमेरिकाको ब्राजिल लगायत देशमा पुगेको मलाई पेरिस यात्रा खासै उत्साहजनक त थिएन, तर पहिलोपटक युरोप पुगेको साथीलाई भने यो ठूलै उमङ्गको विषय […]

न एटीएम चल्छ, न भिखारीले हिँड्न दिन्छन् !

केही दिनअघि कार्यालयको काम सकेर घर जाँदै थिएँ । साँझ परिसकेको थियो । नयाँबानेश्वरको पिपलबोटमा पुगेर गाडी चढ्नुपर्ने भएकाले हतार–हतार हिँडिरहेकी थिएँ । आफ्नै सुरमा हिँडिरेहकी म एउटा दृश्यले एकाएक रोकिएँ । नयाँ बानेश्वरनजिकै एकजना टयाक्सी चालक र अर्का एक व्यक्ति पसल छेउमा केही खोजेजस्तो यताउता हेरिरहेका थिए । केही अप्ठयारोमा पो परे कि भनेर […]

एनआरएनएका चुनौती र अवसर

सन् २००३ अक्टोबर ११ देखि १४ मा प्रथम विश्व सम्मेलन गरी सुरु भएको एनआरएनको अभियान अहिले नवौं विश्व सम्मेलनसम्म आइपुग्दा यसले संगठन विस्तार र एकाध लगानीबाहेक उल्लेख्य काम गर्न सकेको देखिँदैन । करिब १६ वर्षको इतिहास बोकेको यो संस्था अरु देशका आप्रवासी संस्थाको तुलनामा कलिलो संगठन मान्नुपर्छ, तर यो संगठनलाई सबै प्रवासी र आप्रवासी नेपालीको […]

माइक्रोबसको यात्रा : ‘लास्ट सिट’ नै प्यारो !

‘भलाइको त जमाना नै छैन !’ माइक्रोबसका कन्डक्टरले छेवैमा आएर बोले । बिहान साढे ९ बजे इटहरीबाट पश्चिमतर्फ जाने गाडी कुर्दै आजित भएर बसेकी मैले त्यही माइक्रो भेट्टाएकी थिएँ । माइक्रो भेट्दा म जति खुशी थिएँ, त्योभन्दा बढी कन्डक्टर ! ड्राइभरसँगैका दुई सिटबाहेक माइक्रोका सबै सिट खाली थिए । चढ्नेवित्तिकै कन्डक्टरले भनेका थिए, ‘बस्नुस दिदी […]

प्रधानमन्त्रीज्यू ! के पारा हो यो ?

मेरो घर दमक नगरपालिका– ८ चक्रपथ टोलमा पर्छ । म प्रधानमन्त्री केपी शर्मा ओलीकी छिमेकी हुँ । प्रधानमन्त्रीले मलाई एउटा भोटरका रूपमा मात्रै चिन्नु होला । त्यही एउटा भोट पनि कहिलेकाहीँ दिन पाउँदिनँ वैदेशिक रोजगारीका कारणले गर्दा । तपाईंहरुले नै स्वदेशमा गरीखाने वातावरण मिलाइदिनुभएको भए म र मजस्ता लाखौं नेपालीहरु विदेशी भूमिमा अरुका जूठाभाँडा माझ्न […]

स्वास्थ्यकर्मीको महाधिवेशनमा उठ्नु पर्ने एजेण्डा

नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । अझैपनि स्वास्थ्यकर्मी संघ भन्नेवितिकै नितान्त सरकारी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको संगठन भनेर हल्का रुपमा लिइन्छ । निजी वा गैरसरकारी क्षेत्रमा काम गर्ने ठूलो संख्यालाई ट्रेड युनियनको प्रसङगसंग जोडेर अगाडि बढ्न संघ अहिलेसम्म सफल हुन सकिरहेको छैन । संघको पहिला भएका र अहिले हुन लागिरहेको […]

निजगढलाई ‘घोष्ट एयरपोर्ट’ नबनाऊ !

सन् २००९ सम्म श्रीलङ्कामा बन्धरनायके अन्तर्राष्ट्रिय विमानस्थल मात्र सञ्चालनमा थियो। एउटा मात्र विमानस्थलले यात्रुको भार थेग्न नसकेपछि नयाँ विमानस्थल बनाउने निर्णय भयो। श्रीलङ्काका राष्ट्रपति साथै ‘श्रीलंका फ्रिडम पार्टी’ का अध्यक्षसमेत रहेका महिन्द्रा राजापाक्षेले उक्त विमानस्थल आफ्नो चुनावी क्षेत्र मट्टलामा बनाउने घोषणा गरे । श्रीलंकाको राजधानी कोलम्बोदेखि २५० किमी दुरीमा बन्ने यस विमानस्थल ‘मट्टला राजापाक्षे अन्तरर्राष्ट्रिय […]

कसको नेविसंघ ? कस्तो नेविसंघ ?

शिक्षाको ज्योति, विद्यार्थी हकहित र माउ पार्टीको प्रजातन्त्रको लक्ष्यमा थप मद्दत पुग्ने अपेक्षासहित तत्कालीन नेपाली कांग्रेसका उच्च नेताहरुबाट स्थापना भएको नेविसंघले पाँच दशकको गौरवपूर्ण यात्रा तय गरिसकेको छ । शिक्षा क्षेत्रको विकासले मात्र आधुनिक देशको निर्माण हुनसक्ने, शिक्षित समाजले मात्र प्रजातन्त्रको पहरेदारी गर्न सक्ने अनि शिक्षा क्षेत्रको हक अधिकार र विकासको पवित्र उद्देश्य राखेर स्थापित […]

गुरु नानक जयन्तीमा सार्वजनिक बिदा किन नदिने ?

पुस्ताै‌ंदेखि नेपालमै जन्मे, हुर्केका हामी नेपाल आमाका सन्तान सिख समुदाय । अल्पसंख्यकमा भए पनि हामी सिखहरुले यातायात, सञ्चार तथा अन्य विभिन्न क्षेत्रमा सकेको योगदान पुर्‍याउँदै आएका छौं । केही वर्ष अगाडिसम्म पनि यातायात भन्ने वित्तिकै सिख समुदायको मुहार झल्किन्थ्यो । अझै पनि प्रदेश २ र ५ मा सिख समुदायको बसोबास छ । ‘किरत करो, नाम […]

गोर्खा भर्तीको ‘गुदी’

मेरी आमाको सपना अधुरै रह्यो मेरै कारण । उनको सपना थियो, छोरालाई लाहुरे बनाउने। उनी माइतीबाट प्रभावित थिइन् । मामाका छोराहरु अधिकांश लाहुरे थिए । तर, लाहुरे मेरो रहर बनेन । कारण, मेरा काकाहरु र गाउँका सबैजसो दाइहरु शिक्षक थिए । मेरी आमालाई अझै पनि मैले हासिल गरेको डिग्रीमाथिको हर्षभन्दा लाहुरे नभएकोमा दुखेसो छ । […]