Comments Add Comment

राजदूत

List Grid
कतारका लागि नेपाली राजदूत कोइरालालाई सरकारले फिर्ता बोलायो

१२ वैशाख, काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । सरकारले आवश्यकता महसुसस गरी राजदूत कोइरालालाई फिर्ता बोएको मन्त्री बाँस्कोटाले बताए । अहिलेसम्मको कार्यकालका […]

प्रस्तावित ५ राजदूतविरुद्ध उजुरी परेन

३० पुस, काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न पाँच देश तथा नियोगका लागि प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेकोमा कुनै उजुरी परेको छैन । १० दिनको म्याद दिएर समितिले यहि पुस १८ गते प्रस्तावित पाँच राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेको थियो । तर, निर्धारित समय गत आइतबारसम्म कुनै उजुरी प्राप्त नभएको सुनुवाई समितिले जनाएको छ । उजुरी […]

राजदूत शेर्पा काठमाडौं फर्किइन्, परराष्ट्रले लियो स्पष्टीकरण

२४ मंसिर, काठमाडौं । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण […]

सुनुवाइ समितिले माग्यो राजदूतको योग्यता र मापदण्ड

५ मंसिर, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारसँग राजदूतका लागि चाहिने योग्यता र नियुक्तिको मापदण्ड माग गरेको छ । बुधबार बसेको समितिको बैठकले सरकारसँग राजदूत नियुक्तिको मापदण्ड र योग्यता अध्ययनका लागि माग गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । बैठकले भारतलगायत विभिन्न देशका राजदूतमा सिफारिस भएका व्यक्तिहरुविरुद्ध उजुरी आह्वान गर्ने […]

नीलकण्ठको सिफारिसमा संवैधानिक प्रश्न : राजदूत ‘सरकारी’ पद कि ‘राजनीतिक’ नियुक्ति ?

 ३२ असार, काठमाडौं । सरकारले संवैधानिक अंगको प्रमुख भइसकेको व्यक्तिलाई भारतीय राजदूतमा सिफारिस गरिसकेपछि संवैधानिक प्रश्न खडा भएको छ । निर्वाचन आयोगको प्रमुख आयुक्त भइसकेको व्यक्तिलाई राजदूत बनाउने हो भने अब पूर्वप्रधानन्यायाधीश वा पूर्वन्यायाधीशलाई पनि राजदूत बनाउन मिल्छ कि मिल्दैन ? सोमबार मन्त्रिपरिषदको निर्णयले यस्तो प्रश्न जन्माएको छ । मन्त्रिपरिषदले सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त […]

सुशीला कार्की पनि राजूदत बन्न पाउँछिन् ?

 ३२ असार, काठमाडौं । सरकारले संवैधानिक अंगको प्रमुख भइसकेको व्यक्तिलाई भारतीय राजदूतमा सिफारिस गरिसकेपछि संवैधानिक प्रश्न खडा भएको छ । निर्वाचन आयोगको प्रमुख आयुक्त भइसकेको व्यक्तिलाई राजदूत बनाउने हो भने अब पूर्वप्रधानन्यायाधीश वा पूर्वन्यायाधीशलाई पनि राजदूत बनाउन मिल्छ कि मिल्दैन ? सोमबार मन्त्रिपरिषदको निर्णयले यस्तो प्रश्न जन्माएको छ । मन्त्रिपरिषदले सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त […]

अब राजदूत हुन अंग्रेजी जान्नैपर्ने, स्नातक पास अनिवार्य

२५ असार, काठमाडौं । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य […]

राजदूत हुन स्नातक पास अनिवार्य ! अंग्रेजी जान्नैपर्ने

२५ असार, काठमाडौं । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य […]

राष्ट्रपतिद्वारा ३ राजदूतलाई नियुक्ति

१२ माघ, काठमाडौं । राष्ट्रपति भण्डारीले शुक्रबार तीन राजदूत नियुक्त गरेकी छन् । ऋषिराम घिमिरेलाई रुसी महासंघ, झविन्द्रप्रसाद अर्यालललाई इजिप्ट र कालीप्रसाद पोखरेललाई क्यानडाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । घिमिरेले काजकस्थान, अर्यालले जोर्डन र पोखरेलले जमाइकाको गैर आवासीय राजदूतको रुपमासमेत काम गर्नुपर्नेछ । राजदूतका लागि सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाइबाट […]

कोरिया र ब्राजिलमा राजदूत नियुक्त, कोरियामा सिंह, ब्राजिलमा पोखरेल

वैशाख २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिल र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले थाइल्यान्ड र श्रीलंकाको भ्रमणमा निस्किनुअघि शुक्रबार बिहान ब्राजिलका लागि ताराप्रसाद पोखरेल र गणतन्त्र दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंहलाई नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुई […]

ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

२१ वैशाख, काठमाडौं । चिनियाँ राजदूत यू होङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीबार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास चिनले लिएको राजदूत होङले बताए । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा उनले पहिलो चरणको निर्वाचनको मनोनयन सफलतापूर्वक सम्पन्न गराइएको भन्दै नेपाल सरकार र नेपालका […]

म्यानपावरवाली शर्मिला ओमानका लागि नेपाली राजदूतमा नियुक्त

१५ बैशाख, काठमाडौं । म्यानपावरवाली शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पराजुलीलाई राजदूत नियुक्त गरेकी हुन् । म्यानपावर व्यवसायी पराजुलीलाई राजदूत बनाउन सिफारिस गरेपछि चर्को आलोचना भएको थियो । परराष्ट्रमन्त्रीले उनको नाम पनि राजदूतहरुको सूचीबाट काटे । तर, […]

ठगीमा मुछिएकी आशा लामाले भनिन्-देउवाजीले मेरो प्रशंसा गर्नुभो

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगरीमा नै ठगी काण्डहरुमा मुछिएकी  वैदेशिक रोजगार व्यवसायी एवम् युएईका लागि प्रस्तावित राजदूत आशा लामाले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति कोही पनि नरहेको दाबी गरेकी छन् । रिपोर्टर्स क्लव नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर लामाले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । राजदूतका लागि म जत्तिको उपयुक्त व्यक्ति कोही […]

लीलामणि पौडेल सर्वसम्मत, दीपकुमारको नाममा एमालेको असहमति

१६ असोज, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि नेपाली राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । तर भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् । संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो । समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव […]

एमाले प्रस्तावित राजदूत उपाध्यायको विपक्षमा, निर्णयमा के असर गर्ला ?

१४ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदीय सुुनुवाई विशेष समितिमा भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मत दिने भएको छ । उसलाई अर्को विपक्षी राप्रपा नेपालले पनि साथ दिनेछ । भारतका लागि राजदूत प्रस्तावित उपाध्याय र चीनका लागि प्रस्तावित लीलामणि पौडेलको सुनुवाई सकिए पनि अनुमोदन हुन बाँकी छ । सभापति कुलबहादुर […]

प्रस्तावित राजदूत उपाध्यायविरुद्ध तीन उजुरी, १२ गते सुनुवाई हुने

५ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेको छ । सुनुवाई समितिको बुधबार बसेको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको छ । उजुरीकर्ता मध्ये एक आगामी १२ गते समितिमा उपस्थित हुन समेत तयार भएका छन् । उपाध्याय भारतका लागि पूर्वराजदूत समेत हुन् । सरकार ढाल्न […]

राजदूतमा किन दोहोरिए उपाध्याय ?

१७ भदौ, काठमाडौं ।  सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालको नाम सिफारिस गरेको हो । किन दोहोरिए उपाध्याय ? भारतका लागि निवर्तमान राजदूत  दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनको खेलमा […]

सरकारको बचाउमा नौ पूर्वमहान्यायाधिवक्ता

८ भदौ, काठमाडौं । विभिन्न १४ मुलुकका लािग गरिएको राजदूत सिफारिस बदरको निर्णय प्रतिरक्षा गर्न सरकारले नौ जना पूर्वमहान्यायाधिवक्तासहित महान्याधिवक्ता कार्यालयका सबै उच्च अधिकारीलाई अदालतमा उतार्ने भएको छ । केपी ओली नेतृत्व सरकारले गत ६ बैशाखमा विभिन्न मुलुकका लागि २२ राजदूतको सिफरिस गरेको थियो । सिफरिस नामलाई संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ प्रक्रिया सुरु गरी […]

पाँच राजदूतको सुनुवाइ आज

२१ साउन, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले राजनीतिक कोटाबाट प्रस्तावित राजदूतहरूको सुनुवाइ आज गर्दैछ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्ताव गरेको राजदूतहरुको समितिले सुनुवाइ गर्न लागेको हो । समितिले बिहीबार सूचना प्रकाशित गरी उनीहरूलाई शुक्रबार बिहान सुनुवाइका लागि समितिमा उपस्थित हुन समितिले निर्देशन दिएको छ । प्रस्तावित राजदूतमा महेन्द्रबहादुर पाण्डे (चीन), नारद भारद्वाज […]

प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि

१८ साउन, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत तथा संयुक्तराष्ट्र सङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको आज सुनुवाइ गरिरहेको छ । परराष्ट्र सेवाका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी र डा दुर्गाबहादुर […]

सुनुवाई अघि नै राजदूतको नाम एग्रिमोका लागि पठाउने निर्णय भएको पुष्टि

१७ साउन, काठमाडौं । संसदीय सुनुवाई अघि नै प्रस्तावित राजदूतहरुको नाम सम्वन्धित देशमा एग्रिमोका लागि पठाउने निर्णय मन्त्रिपरिषद्बाट भएको पुष्टि भएको छ । संसदीय सुनुवाई विशेष समितिको सोमबारको बैठकमा मुख्यसचिव सोमलाल सुवेदी र परराष्ट्र सचिव शंकरदास वैरागीले नाम एग्रिमोका लागि पठाउने निर्णय भएको स्वीकार गरे । तर, यसबारे आफूहरुले थप भन्न नसक्ने भन्दै प्रधानमन्त्री वा […]