Comments Add Comment

एक नेपालीको वार्षिक आम्दानी ७१ हजार !

२६ असार, काठमाडौं । नेपालीहरुको वार्षिक प्रतिव्यक्ति आय ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष नेपालीको प्रतिब्यक्ति औषत आय ६२ हजार ६ सय ७७ रुपैयाँ रहेकोमा यो बर्ष झण्डै १३.८ प्रतिशत बढेर ७१ हजार ३ सय ५ अर्थात ७ सय १७ अमेरिकी डलर पुगेको छ ।

सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा भने १२.४ प्रतिशतले बढेर ६९ हजार ९ सय १९ पुगेको छ । यसैगरि प्रतिब्यक्ति कुल खर्चयोग्य आय ८० हजार ९ सय ६४ बाटा बढेर ९६ हजार १ सय ५५ पुगेको छ ।

Income per catital

मूल्यबृद्धि ९ प्रतिशत पुग्ने

सर्वेक्षणमा सरकारले मुल्यवृद्धि नियन्त्रणभन्दा बाहिर जाने अनुमान गरेको छ । मौदि्रक तरलतामा विस्तार भएको र आपूर्तिमा देखिएको व्यवधानका कारण मुल्यवृद्धिमाथि नियन्त्रण गर्न नसकिएको सरकारले बताएको हो ।

वर्षको सुरुवातमा सरकारले यो वर्ष मुल्यवृद्धि ८ प्रतिशतभन्दा माथि जान नदिने लक्ष्य राखेको थियो । चैत मसान्तसम्ममा मुल्यवृद्धि ८.९ प्रतिशत छ । आज सार्वजनिक गरिएको सर्वेक्षणमा सरकारले यो वर्षको मुल्यवृद्धि ९ प्रतिशत हुने अनुमान गरेको छ ।

गत वर्ष आर्थिक वर्ष -२०६९/०७० मा मूल्य वृद्धि ९.९ प्रतिशत भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०६८/०६९ मा ८.३ प्रतिशत, आव २०६७/०६८ मा ९.५ प्रतिशत, आव २०६६/०६७ मा १०.१ प्रतिशत, २०६५/०६६मा ११.९ प्रतिशतले मुल्यवृद्धि भएको थियो । त्यसैगरी आव २०६४/०६५ मा ५.६ प्रतिशत र आव २०६३/०६४मा ४.५ प्रतिशत मुल्यवृद्धि भएको थियो ।

मुलुकको आर्थिक अवस्थाबारे थप समाचार पढ्नुहोस्

२३ प्रतिशत नेपाली गरिवीको रेखामुनि

दश वर्षमा पेट्रोलको भाउ ५३ प्रतिशतले बढ्यो

बीस संस्थानले नाफा कमाउने थाले, १६ वटा अझै घाटामा

धान मकैको उत्पादन बढ्ने, दलहन घट्ने प्रक्षेपण

सरकारले भन्यो -मूल्यवृद्धिमाथि नियन्त्रण गर्न सकिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment