+
+
Shares

शाहरुखको सुझाब : मेहनत गर्नुस, सिक्स प्याक सजिलै बन्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २ गते १२:०६

sharuk-khan-ten-pax
चार्ली यानी शाहरुख खान । जसले अभिनय गरेको पछिल्लो फिल्मको नाम रहेको छ, ‘हयाप्पी न्यु इयर’ जुन फिल्म दिपावलीको अवसरमा प्रदर्शन हुने भएको छ । फिल्ममा पहिलो पटक अभिनेता नशीरुद्धिन शाहका छोरा विवान शाह पनि देखिदैछन् ।

४० दिनमा सिक्स प्याक
फिल्म ह्याप्पी न्यु इयरका लागि शाहरुखले ४० दिनमै सिक्स प्याक बनाएको कुरो सार्वजनिक भइसकेको छ । कसरि बनाए होला उनले सिक्स प्याक वा के के खाए ? शाहरुख भन्छन ‘सामान्य मेहनतमा बनेको हो मेरो सिक्सप्याक ।’
आफु जहिल्यै चिरिच्याट्ट मिलेको ज्यानको पक्षमा रहेको बताउने शाहरुख अलिकति मेहनत गरेकै भरमा सिक्स प्याक बनाउन सकिने बताउछन् । ‘यो ठुुलो कुरा होईन तपाइले पनि मेहनत गर्नुभयो भने ४० देखी ५० दिनमा मेरो जस्तै बनाउन सक्नुहुन्छ ।’ उनले भने ।

वर्षमा एउटा मात्रै फिल्म
आगामी दिनमा वर्षमा एउटा मात्रै फिल्ममा काम गर्ने सोचमा रहेका शाहरुख आम कलाकारले वर्षमा एउटा फिल्ममा मात्रै काम गर्ने संस्कार सुरु गनुपर्ने बताउछन् । ‘वर्षमा ४/५ वटा फिल्ममा काम गर्ने सुत्र पुरानो भैसक्यो । अब नयाँ शैलि अपनाउन पर्छ ।’
एक कलाकार एक फिल्मको संस्कार हिन्दी फिल्मको ब्यबसायीकरणसंग जोडिएको धारणा राख्ने शाहरुखले हलिउडवाट धेरै कुरा सिक्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?