Comments Add Comment

मुस्ताङी हिउँ चितुवाको कथा काठमाण्डौमा

काठमाडौं । हिमाली दुर्लभ वन्य जन्तु हिउं चितुवा संरक्षणका लागि के कस्ता कामहरु भइरहेका छने भन्ने विषयमा निर्माण गरिएको बृत्तचित्र ‘स्नो लेपर्ड स्काउट’ अहिले चर्चामा छ ।
काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ) र पोखरामा ओजना गरिने माउन्टेन फिल्म फेस्टिवलमा छनोटमा परेपछि उक्त डकुमेन्ट्रीले चर्चा पाएको हो ।
मुस्ताङका एकजना किसानले आफ्नो ३५ वटा याक हिउं चितुवाले मारेर खाएपछि नोक्सान सहनु परेको आक्रोस पोखेका छन् डकुमेन्ट्रीमा । कतिपय स्थानिय त किसानलाई क्षति पुर्‍याउने भएकाले यसको संरक्षण आवश्यक नभएको समेत बताउँछन् ।
तर, यसका फाइदा पनि उत्तिकै भएको डकुमेन्ट्रीमा उल्लेख गरिएको छ । हिउं चितुवाको संरक्षण नगरेमा हिमाली क्षेत्रमा पाइने नावर, झारलले याक, चौरीलाई चाहिने आवश्यक घांस खाएर सखाप पारिदिने र डाडैं उजाड हुने डकुमेन्ट्रीको सुझाव छ ।

Film Cover copy
तीन दशक अगाडिसम्म हिमालपारिका जिल्लामा हिउँ चितुवाले याक, चौंरी, भेडा, च्याङ्ग्रालाई मार्‍यो भने स्थानीय जनताले रिसको झोकमा हिउँ चितुवालाई पनि मारिदिन्थे । जसले हिउ चितुवा मार्छ उसलाई तामझामका साथ सम्मान गरिन्थ्यो, यस्ता प्रसंगलाई पनि डकुमेन्ट्रीमा समावेश गरिएको छ ।
डकुमेन्ट्रीका निर्देशक प्रदीप पोखरेलका अनुसार स्नो लेपर्ड कन्जरभेन्सीले निर्माण गरेको यो बृत्तचित्रले रामै्र लोकपि्रयता कमाएको छ ।
पोखरेलका अनुसार स्नो लेपर्ड स्काउटका सदस्य -बिद्यार्थी) लाई प्रत्येक वर्ष हिउ चितुवा पाइने ठाउँमा लगेर त्यसको बासस्थान, दिसा, हिंड्ने बाटो, उसको आहारा आदि विषयमा सिकाइन्छ । १७ मिनेट लामो यो डकुमेन्ट्री बुधबार पोखरा र शुक्रबार काठमाडौंमा प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment