Comments Add Comment

भुटानी प्रधानमन्त्रीले भने- नेपाल र भूटानको पर्यटन एकै खालको छ (फोटो फिचरसहित)

Bhutan
नविन अर्याल

२३ माघ, थिम्पु (भुटान) । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले नेपाल र भुटानको पर्यटन एकै खाले भएकाले मिलेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन । राजधानी थिम्पुमा नेपाली पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तोग्बेले यस्तो बताएका हुन ।

दुबै देशको मूख्य पर्यटकीय प्रोडक्ट बुद्धिष्ट, ट्रकिङ, कल्चरल टुरिजम भएको उनको भनाइ छ । दुबै देश मिलेर पर्यटन प्रवर्द्धनमा लागे पर्यटनमा फड्को मार्न सकिने तोग्बेले विश्वास व्यक्त गरे ।

भुटानको राजधानी थिम्पुमा आयोजित ‘एडभेञ्चर ट्राभल एन्ड रेस्पोसिवल टुरिजम कन्फ्रेन्स एन्ड मार्ट’ अन्तर्गत अन्तिम दिनको ट्राभल मार्ट पनि प्रधानमन्त्री तोग्बेले उद्घाटन गरेका थिए । आजै सम्पन्न भएको सम्मेलनमा एशिया तथा प्यासिफिक क्षेत्रका १४ मुलुकबाट ट्राभल, होटल, एडभेञ्चर, सरकारी निकाय लगायतका क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मार्टमा प्रधानमन्त्री तोग्बेले चासोका साथ विभिन्न देशका पर्यटकीय प्रोडक्टहरुको बारेमा जानकारी लिएका थिए । यस्तो मार्टले पर्यटन क्षेत्रका वायर्स र सेलर्सहरुलाई एकै ठाउँमा भेला गराई आपसमा व्यापार गर्ने अवसर सिर्जना गरेको उनको भनाइ थियो ।

पर्यटन अर्थतन्त्रको आधार बन्दै गइरहेको बेलामा यस क्षेत्रबाट बढी भन्दा बढी लाभ लिन मार्टमा सहभागी प्रतिनिधिहरुलाई तोग्बेले सुझाव दिएका छन् । मार्टमा देखिएको सहभागीताबाट सन्तुष्ट रहेको बताउँदै उनले स्टल अबलोकन गर्दा सम्बन्धीत देशको पछिल्लो पर्यटन अवस्थाका बारेमा जानकारी लिएका थिए ।

Bhutan2विभिन्न देशका सहभागि प्रतिनिधिहरुसँग मार्टमा ‘बि टु बी’ मिटिङ हुने हुँदा व्यवसायीलाई आफ्ना प्रोडक्ट तथा प्याकेजहरुको प्रचार तथा प्रवर्द्धन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)ले आयोजना गरेको मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टर र नेपाल टुरिजम बोर्डसहित १४ ट्राभल कम्पनीहरु सहभागि भएका छन् । उनीहरुले मेलामा आ-आफ्नो प्रोडक्टलाई बजारीकरण गरिरहेका छन् ।

नेपालबाट सहभागी हुनेहरुमा एक्सप्लोर हिमालय, एपिक राइड्स, हिमालय होलिडेज, आइसफल एड्भेञ्चर, केजिएच ग्रुप अफ होटल्स, सांगि्रला होटल, टाइगर माउन्टेन नेपाल, एशिया एड्भेञ्चर एक्सकर्सन, बि्रक्स क्याफे, होटल पिस प्लाजा, माउन्ट कैलास रिसोर्ट, नेप्लिज इन्काउन्टर्स, प्याराडाइज क्याफे र रोयल माउन्टेन ट्राभल रहेका छन् ।

मार्टले सदस्य मुलुकहरुलाई आफ्नो प्रोडक्टहरुको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सघाउने पाटा नेपाल च्याप्टरका अध्यक्ष समुन पाण्डेले बताए । नेपाली सहभागीहरुले खासगरी नेपालको साहसिक पर्यटन, कल्चरल टुरिजम, बुद्धिष्ट टुरिजम, हिमालय, ट्रेकिङ, वाइल्डलाइफ टुरिजम, होटल, रिसोर्ट, रेष्टुरेन्ट लगायतको बारेमा विदेशी बायर्सहरुलाई जानकारी गराइरहेका छन् ।

पाटा सम्मेलनले बायर र सेलरलाई एक ठाउँमा जम्मा गराई व्यवसाय आदान प्रदान गर्नका लागि सहयोग पुराउँदै आएको पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले बताए ।

नेपाल टुरिजम बोर्डका प्रबन्धक लक्ष्मण गौतमले साहसिक पर्यटन क्षेत्रमा नेपालको महत्वपूर्ण उपस्थिती देखाएको बताउँदै नेपालले यस विधामा नेतृत्व दिन सक्ने हैसियत राख्न सक्ने हुनाले यसको प्रवर्द्धनमा मार्ट निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस-
PATA-Bhutan-Travell-Mart-13

Bhutan3Bhutan4Bhutan5Bhutan6Bhutan7Bhutan8Bhutan9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment