+
+

दीपिकाले दिइन् शाहिदलाई बिहेको वधाई

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १९ गते २०:०३

deepika sahidबलिउडका चलकेटी नायक शाहिद कपुर दिल्लीकी मिरा राजपुतसँग बिहे गर्दैछन् । उनीहरुको बिहे डिसेम्बरमा हुने भनिएको छ । तर, शाहिदलाई बिहेको वधाई आउन भने थालिसकेको छ ।

हालै मात्र एक कार्यक्रममा पुगेकी बलिउड नायिका दीपिका पादुकोणले पनि शाहिदलाई बधाई दिन भ्याइन् । शाहिदको बिहेको बिषयमा जानकारी पाएकी दीपिकाले उनलाई खोजिन् र वधाई दिइन् ।

कार्यक्रममा शाहिद र दीपिका लामो समयसम्म गफ पनि गर्नमा व्यस्त देखिए । दीपिकाले शाहिदलाई अन्य कुन कुन कुरामा सल्लाहा दिइन्, यो उनले नै जान्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?