+
+
Shares

तुलसालाई ‘लेटर’ पठाएको छैन :  श्री पराजुली

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २२ गते ११:००

२२ चैत, काठमाडौं । विभिन्न व्यक्तिलाई अमेरिका लगिदिन्छु भन्दै ठगी गरेर फरार रहेकी तुलसादेवी रिमाललाई आफूले स्पोन्सर लेटर नपठाएको न्युयोर्कबाट श्री पराजुलीले स्पष्ट पारेका छन् ।

ठगी प्रकरणमा आफ्नो नाम मुछिएको बारे इमेलमार्फत् पराजुलीले स्ष्टीकरण दिएका छन् ।

पराजुलीको स्ष्टीकरण जस्ताको त्यस्तै-

श्रीमान सम्पादक ज्यु
अनलाइनखबर डट कम

तपाईद्वारा सम्पादित लोकप्रिय अनलाइनखबरमा मेरो नाम जोडेर आएको समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछु । समाचारमा उल्लेख भएको महिला तुलसीदेवी रिमाल एनआरएन दिवसमा पहिलो पटक भेटेको र त्यसपछि कुनै भेटघाट नभएको जानकारी गराउँदछु । समाचारमा भनिएजस्तो कुनै खालको स्पोन्सर लेटर नपठाएको पनि अवगत गराउँदछु ।

निज तुलसासंग एनआरएन दिवसको बेला काठमाडौँमा भेट हुँदा अमेरिकामा सहकारी सम्मेलन गर्न सहयोगको लागि कुरा गर्नुहुँदा अमेरिकाबासी र एनआरएनको तत्कालिन बोर्ड उपाध्यक्षको नाताले कानुनी राज्य अमेरिकामा कानुन भित्र रही गर्न सक्ने सहयोग गर्ने भनेको हो ।

निज तुलसालाई कुनै स्पोन्सर लेटर नपठाएको हुँदा यस समाचारले मेरो व्यक्तिगत स्वाभिमानमा गम्भीर आरोप लागेको हुँदा सत्य तथ्यसहित समाचार सम्प्रेषणको लागि अनुरोध गर्दै तुलसीदेवी रिमालबापत ठगिएका भनिएका माया र बिष्णुलाई पनि कसैको बिरुद्ध बोल्नु अघि सत्य बुझ्न र स्पोन्सर पठाएको भए प्रमाणित गर्न चुनौती दिन चाहन्छु । अन्यथा यसै पत्रमार्फत उक्त समाचारको खण्डन गर्दछु ।

धन्यवाद

श्री पराजुली
न्युयोर्क

यो पनि पढ्नुहोस्

माया र विष्णु भन्छन्-अमेरिका लान्छु भन्दै दलालले डुबाए (भिडियोसहित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?