+
+
Shares

भेरी करिडोर : लासीक्याप-सिसौल सडकखण्ड निर्माणका लागि उच्चस्तरीय छलफल

चैत १ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डको ३३ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले डोल्पाको लासीक्याप–सिसौल सडकखण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ।
  • भौतिक पूर्वाधार मन्त्रालयमा उक्त सडकखण्ड निर्माण प्रक्रिया सुरु गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ।
  • भेरी कोरिडोरले भारत, नेपाल र चीनलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्त्व राख्छ।

६ चैत, डोल्पा । भेरी करिडोरअन्तर्गत डोल्पाको लासीक्याप–सिसौल सडकखण्ड निर्माणका लागि पहिलो पटक उच्चस्तरीय छलफल गरिएको छ।

चैत १ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डको ३३ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

सोही निर्णयपछि पहिलो पटक शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निर्माण प्रक्रियाबारे उच्चस्तरीय छलफल गरिएको डोल्पाका नवनिर्वाचित सांसद धनबहादुर बुढाले जानकारी दिए ।

उनले छलफलमा उक्त सडक खण्डको निर्माण कार्य कसरी सुरु गर्ने र कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

करिडोरको उक्त सडक खण्डमा अत्यन्तै भिरालो र कडा चट्टान भएको भूभागमा पर्छ । कठिन भौगोलिक अवस्थाका कारण सडकको मापदण्डअनुसार ट्रयाक खोल्न कठिन भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिने निर्णय नेपाल सरकारले गरेको थियो ।

भेरी कोरिडोर सडक खण्ड बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरेर तिब्बतको सीमासम्म पुर्‍याउने लक्ष्य छ ।

यो सडकलाई नेपाली भूमि हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक समेत मानिएको छ ।

चीन, नेपाल र भारतलाई जोड्ने त्रिदेशीय सडक भएकाले यो कोरिडोरलाई रणनीतिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण भनेर व्याख्या गरिएको छ ।

२०७५ मङ्सिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलेर भेरी कोरिडोरको औपचारिक उद्घाटन गरिएको थियो । तर उद्‌घाटन भएको वर्षौँ बितिसक्दा पनि निर्माणले पूर्णता पाएको छैन ।

भेरी कोरिडोर आयोजना कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्छ । यसमध्ये छिन्चुदेखि जाजरकोटको सदरमुकाम हुँदै तल्लुबगरसम्म सडक कालोपत्रे भइसकेको छ । सो खण्डमा केही ठाउँमा पक्की पुल निर्माणको चरणमा छ ।

यस्तै कोरिडोरको तल्लुबगरदेखि त्रिपुराकोटसम्म सडक स्तरोन्नतिको काम सुरु गरिएको र पक्की पुलसमेत निर्माणको चरणमा रहेको कोरिडोरले जानकारी दिएको छ ।

शुक्रबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईं, नेपाली सेनाका उच्च अधिकारी, मन्त्रालयका उच्चतहका अधिकारीहरू र प्रतिनिधिसभा सदस्य बुढाको उपस्थिति रहेको थियो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?