Comments Add Comment

ब्युरोक्रेटिक संरचनाप्रति एमालेको असन्तुष्टि

२५ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेले भूकम्प पीडितलाई राहत वितरण तथा पुननिर्माणको अभियानमा जननिर्वाचित प्रतिनिधिहरुको भूमिकामा बन्देज लगाउन खोजिएको ठहर गरेको छ ।

uml-1महासचिव ईश्वर पोखरेल नेतृत्वको भूकम्प पीडित राहत तथा उद्दार केन्द्रीय समन्वय कमिटीको सोमबारको बैठकले विपत व्यवस्थापन तथा पुननिर्माणको काममा जनप्रतिनिधिको संलग्नताले मात्र जनताका अधिकार सम्बोधन हुने ठहर गरेको हो ।

बैठकपछि प्रचार बिभागका उपप्रमुख सूर्य थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- यस सम्बन्धमा अहिलेसम्म सरकारी निकायद्वारा अघि सारिएको प्रस्ताव नयाँ संरचनाको औचित्य र आवश्यकता तथा जनप्रतिनिधिहरुको भूमिकालाई उपेक्षा गरी ‘ब्यूरोक्रेटिक संयन्त्र’मा सीमित रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै त्यस्तो संरचना र संयन्त्रले विपद्को प्रभावकारी सामना गर्न नसक्ने औल्याएको छ ।’

एमालेले आउँदो असार १ गते बस्ती विकासको व्यवस्थित अवधारणा सार्वजनिक गर्न विज्ञहरुसहितको अन्तरक्रिया आयोजना गरेर नयाँ संरचना र नीतिसहितको आधारपत्र अघि सार्ने निर्णयसमेत गरेको छ ।

बैठकमा स्वयंसेवक अभियानका कमाण्डर तथा सचिव गोकर्ण विष्टले भूकम्प पीडित क्षेत्रमा भइरहेका कामको जानकारी गराएका थिए । विष्टले एमालेका स्वयंसवेकले उत्कृष्ट काम गरेको बताए ।

स्वयंसेवक घाइते

यसैबीच जोखिमपूर्ण घरहरु भत्काउने क्रममा एमालेका स्वयंसेवकहरु घाइते हुने क्रम बढेको छ । काठमाडौं क्षेत्र नं. ४ को मैतीदेवीमा जोखिमयुक्त घर भत्काउने क्रममा टाउकोमा चोट लागेका स्वयंसेवक रामशरण पौडेल उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

uml-ghaite-(1)

त्यस्तै चन्द्रागिरी-२० नयाँ नैकापमा आफ्नै जोखिमयुक्त घर गोपीचन्द्र कार्कीको नेतृत्वमा भत्काउने क्रममा पूर्ण महर्जनको श्रीमती मैना महर्जन घाइते भएको एमालेले जनाएको छ । घाइते महर्जनलाई वीर अस्पतालमा पुर्‍याई उपचार गरिएको छ ।

काठमाडौंको नाङ्लेभारमा परिचालित अनेरास्ववियुको टोलीले जोखिमयुक्त घरहरु भत्काउने क्रममा ९ जना स्वयंसेवकहरु घाइते भएका छन् । केन्द्रीय कमिटीका सचिवालय सदस्य गोविन्द गिरी र विद्यार्थी नेताहरु तिलक खड्का, लोकेश महतारा, आकाश घर्ती, कमल सुवेदी, टेकराज आचार्य, कमल शाही, रवीन्द्र कोइराला र भुपेन्द्र शाही घाइते भएकोमा २ जनालाई अस्पत्ताल पुर्‍याइएको एमालेले जनाएको छ ।

काठमाडौं क्षेत्र नं. ६ मा जोखिमयुक्त घरहरु भत्काउने क्रममा युवासंघ नेपालका केन्द्रीय सदस्य खेम ज्ञवालीको खुट्टामा गहिरो चोट लागेको छ । अभियानको यस अवधिभर ३ दर्जनभन्दा बढी स्वयंसेवकहरु घाइते भएको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment