Comments Add Comment

एमाओवादीको निर्णयः एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार

Prachanda Narayankaji Topbhadur२२ असोज, काठमाडौं । तेस्रो ठूलो दल एकीकृत नेकपा एमाओवादीले एमालेमा नेतृत्वको कांग्रेससहितको सरकार गठन गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस र एमाले दुबैले सकारको नेतृत्व दाबी गरिरहेका बेला तेस्रो ठूलो दलले भने बहुमतीय प्रक्रियाबाटै भएपनि सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएको छ । साथै उसले १६ बुँदे सहमति गर्दा भद्र सहमति भएको समेत दाबी गरेको छ ।

शुक्रबार बसेको एमाओवादी स्थायी समितिको बैठकले बहुमतीय प्रक्रिया सुरु भएपनि प्रमुख दलहरुको सहमतिमा नै नयाँ सरकार बनाउनु पर्ने ठहर गरेको छ ।

साथै उसले नयाँ संविधान निर्माणका क्रममा प्रमुख चार दलले १६ बुँदे सहमति गर्दा शषिर् नेताहरुबीच सत्ता साझेदारीबारे सहमति भएको दाबी गरेको छ । द्वसंविधान नबन्दासम्म सुशील कोइरालाको नेतृत्व र त्यसपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो’एक पदाधिकारीले भने-‘हामीले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउनुपर्छ भनेका छौं ।’

एमाओवादी र एमाले नेतृत्वले दलहरुबीच भद्र सहमतिको दाबी गर्दै आएको छ । तर, वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा नै भद्र सहमतिको दाबीलाई अफबाह भनेका छन् ।

सरकार गठनका लागि अाठ बुँदे सर्त

एमाओवादीले सहमतिको सरकार गठनका क्रममा आफ्नो सहभागिताका लागि आठबुँदे सर्त अघि सारेको छ । यही सर्त लिएर कांग्रेस र एमालेसँग छलफल गर्ने निर्णय भएको कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकले बनाएको छ बुँदे सर्तमा शान्ति प्रक्रिया र नाकाबन्दीको विषय थपिएको छ ।

माओवादीले अघि सारेको सर्तमा राष्ट्रिय स्वाधिनतालाई पहिलो बुँदेमा राखिएको छ । राष्ट्रिय सार्वभामिकता, भौगोलिक अखण्ता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहने र बैदेशिक हस्तक्षेपविरुद्ध नेपाली जनतामा निहीत सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने पहिलो बुँदामा उल्लेख छ ।

एमाओवादीले थारु, मधेसी र जनजातिसँथ वार्ता गरी अधिकमत राजनीतिक माग सम्बोधन गर्ने संविधान संशोधन गर्नु पर्ने बताएको छ । उसले भनेको छ, वार्ता, सहमति, संविधान संशोधन र परिर्माजनसहितको नयाँ संविधानप्रति धेरैभन्दा धेरै शक्ति र पक्षहरुको व्यापक स्वीकार्यताको स्थिति सृजना गरेर राष्ट्रिय एकता सुदृढ गरी संविधान कार्यान्वयनको वातावरण बनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment