Comments Add Comment

टाउको दुख्यो ? अपनाउनुहोस् यी ४ काइदा

headache810

बदलिँदो जिवनशैली, व्यस्त कार्यतालिका तथा तनावपूर्ण पेशागत तथा व्यवसायिक वातावरणका कारण आजकलका कामकाजी मानिसहरुमा टाउको दुख्ने समस्या राष्ट्रिय रोगकै रुपमा स्थापित भैसकेको छ ।

त्यसैले अफिस कार्यस्थलमा जाँदा गोजीमा पेनकिलर औषधि बोकेर हिड्नु सामान्य भैसकेको छ । कुनै महत्वपूर्ण तथा व्यस्त हुनुपर्ने काम गरिरहेको बेला जोडसँग टाउको दुखेर कामै गर्न नसक्ने अवस्थामा पुगिने र पेनकिलर खानैपर्ने परिस्थितिको सामाना तपाइँ हामी धेरैले गरेका छौँ । टाउको दुखाइका विभिन्न कारण हुनसक्छन् । कहिलेकाहीँ धेरै औषधिको सेवनले पनि टाउको दुख्न सक्दछ ।

आजकल मानिसहरु स साना समस्यामा पनि औषधि खाइहाल्छन् । यसरी पटक पटक धेरै औषधि खाँदा त्यसको प्रतिक्रियाको रुपमा सरीरमा विभिन्न खाले समस्या पैदा हुने गर्दछन् र त्यसको एउटा असर भनेको टाउको दुख्नु पनि हो ।

तर केवल औषधि सेवनका कारण मात्र टाउको दुख्ने होइन, यसका विभिन्न अन्य सामान्य तथा जटिल कारणहरु हुनसक्छन् । त्यसैले टाउको दुख्ने व्यथालाई नजरअन्दाज गर्नु हुँदैन र समस्या चेँपेर बस्नुभन्दा अस्पतालमा गएर जँचाइहाल्नुपर्छ ।

तर कहिलेकाहीँ तनाव, पानीको कमी, चर्को घाम,दौडधुप आदिजस्ता सामान्य कारणहरुले पनि टाउको दुख्न सक्छ । यसरी दुखेको टाउकोको व्यथा कम गर्नका लागि सधै दुखाइ कम गर्ने औषधि खाइहाल्नु हुँदैन । यसका लागि केही घरेलु उपायहरु अपनाउनुपर्दछ, जसले टाउकाको दुखाइ कम गरिदिन्छ । त्यस्ता घरेलु उपाय यस्ता छन्:

१. अदुवा: अदुवामा हुने तत्वले मानिसको रक्तनलीमा हुने सुजनलाई कम गर्न सहयोग गर्दछ । यदि तपाइँलाई टाउको दुख्ने समस्या  भने अदुवाको सेवन फाइदाजनक हुन्छ ।

अदुवाको रस र कागतीको रसलाई समान मात्रामा मिलाएर खाने गर्नाले टाउको दुखाइ कम हुन्छ । काममा भएको बेला यस्तो घरेलु सामाग्री तयार गर्न असम्भव हुने भएकाले अदुवाको तत्व मिश्रति चकलेट खानु पनि फाइदाजनक हुन्छ । त्यस्तै अदुवालाई पानीमा उमालेर सो पानी पिउनाले पनि टाउको दुखाइमा लाभ मिल्छ ।

२. दालचिनी: टाउको दुखाइ कम गर्नका लागि दालचिनीको प्रयोग निकै उपयोगी हुन्छ । दालचिनीलाई पिँधेर त्यसलाई धूलो बनाएर उक्त धुलोमा पानी मिलाएर लेदो बनाउनुपर्छ । उक्त पेष्टलाई टाउकोमा लगाउनुहोस् र ३० मिनेटसम्म सुत्नुहोस् । त्यसपछि उठेर मनतातो पानीले टाउकोमा लगाएको उक्त पेस्ट पखाल्नुहोस् ।

३. ल्वांग:  टाउको दुखाइ कम गर्नमा उपयोगी अर्को उपाय हो ल्वांगको सेवन । ल्वांगमा दुखाइ कम गर्ने तत्व पाइन्छ । केही ल्वांग लिनुहोस् र त्यसलाई टुक्रा पार्नुहोस् । ती स साना टुक्रालाई सफा कपडामा बाँध्नुहोस् र केहीबेर सुँघ्नुहोस् । केहीबेर सम्म यसरी ल्वांगको स्वाद सुँघिरहँदा टाउको दुखाइ कम हुन्छ ।

४. चिया:  चियामा हुने तत्वले पनि टाउको दुखाइ कम गर्दछ । टाउको दुखेको बेला चिनी नहालेको एक कप चिया पिउनुहोस् र केहीबेर आराम गर्नुहोस् । यसो गर्दा टाउको दुखाइ कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment