Comments Add Comment

आन्दोलन छोडेर संवैधानिक प्रक्रियामा आउनुस्: उपप्रधानमन्त्री थापा

kamalअमेरिका । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले संविधानमा देखिएका असहमति संशोधन मार्फत पुरा गर्न सकिने हुँदा आन्दोलनको कार्यक्रम छाडेर प्रक्रियामा आउन मधेसवादी दललाई आग्रह गरेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा प्रवासी नेपाली एकता समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले संविधान संशोधनको बाटोमा आउन असन्तुष्ठ दलहरुलाई आग्रह गरेका हुन् ।

उनले अमेरिकाको संविधान पटक पटक संशोधन भएको उदाहारण दिएका थिए । आफूहरुको माग बमोजिम संविधान नभएपनि आफ्नो दलले संविधानलाई स्विकार गरेको उनले बताए ।

नेताहरुको अकर्मण्यताले मुलुक संकटमा पुगेको स्विकार गर्दै उनले संकट समाधानको लागि सवैले हातेमालो गर्नुपर्ने बताए । अन्यथा मुलुक थप संकटमा पर्ने उनको भनाइ थियो ।

प्रवासी नेपाली एकता समाजको प्रथम भेलामा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, डेमोक्रेटिक दलका ह्यारी एचबि भण्डारी, प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव प्रभुराम थापाले शुभकामना मन्तव्य राखेका थिए ।

prabasi_americaत्यस्तै अमेरिकाको क्यालिफोर्नियाको सान्नडीएगो काउन्टीका लागि अवैतनिक बाणिज्यदूत ऋषि ढकाल, बाणिज्य महादूत प्रेम राजा महत,एनआर एन अमेरिकाका अध्यक्ष केसब पौडेल, अमेरिकाका क्षेत्रीय संयोजक सनम लामा, राप्राप्रा नेपालका विदेश बिभागका संयोजक प्रेम कुमार श्रेष्ठ तथा राधा शर्माले शुभकामना दिएका थिए ।

कार्यक्रममा न्युयोर्कबाट बाणिज्य दुताबासका महा बाणिज्यदूत नारायण प्रसाद मैनाली, वाशिंगटन राज्यबाट एसियन प्यासिफिक अमेरिकन मामला आयुक्त मोहन गुरुङ तथा एटलान्टा बाट नासाका पुर्व अध्यक्ष राजा घले लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसै गरि प्रेम चौलागाईले स्वागत तथा कार्यक्रमका मुख्य संयोजक लोकनाथ तिवारीलेले पहिलो चरणको कार्यक्रमको धन्यबाद ज्ञापन दिएका थिए ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्रि कमल थापाले प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष आङ्ग कामि शेर्पा , सनफ्रान्सिस्कोका पर्यटन दूत अनिल पाण्डे लगायतलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment