+
+
Shares

मधेसी दलहरुको गठबन्धनभित्रै विवाद

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते ५:५३

Madhesi-morcha२५ वैशाख, काठमाडौं । आन्दोलनसशक्त बनाउन मधेसी दलहरुले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ ।

मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरुले संघीय गठबन्धन बनाएका थिए । संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी सद्भावना नेपाल, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए ।

पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो । तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ ।

तर, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे ।

गठबन्धनमा आन्दोलनको स्वरुप र कार्यक्रम बारे समेत विवाद उत्पन्न भएको छ । त्यस्तै जारी आन्दोलनको नेतृत्व गर्नेमा व्यक्तित्व टकराव उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?