Comments Add Comment

बग्गीखानाका हाकिमले नदेखेको तमासाः पेटीमै पार्किङ

के अनामगर ट्राफिक नियममुक्त क्षेत्र हो ?

Parking on Footpath
२७ वैशाख, काठमाडौं । सडक, सवारी गुड्नका लागि बनाइएको हो भने सडकपेटी (फुटपाथ) पैदल यात्रुहरुलाई हिँड्नका लागि ।  तर, यी तस्वीरहरुमा हेर्नुहोस् राजधानीको ट्राफिक व्यवस्था कति अस्तव्यस्त छ । यी दृश्यहरु सिंहदरबार नजिकै अनामनगरको सडकमा देखिएका हुन् ।

Parking on Footpath 1

फुटपाथमा गाडी तेर्सिएपछि यात्रुहरु जोखिम मोल्न बाध्य छन् । गाडीले पेटी ओगटेपछि यात्रुले सडकलाई नै फुटपाथ बनाउने गरेका छन् । फुटपाथमा हिँडिरहेका सर्वसाधारणलाई पेटीमा रोकिएका सवारीले सडकमै नझरी नहुने स्थितिमा ल्याएपछि सचेत नागरिकसमेत ‘बेवकुफ’ बन्न बाध्य छन् ।
Parking on Footpath 2

यो तस्वीर देशको मुख्य प्रशाशनिक निकाय सिहंदरबारसँगैको अनामनगरको हो । यस क्षेत्रमा सवारीलाई रोक्ने कुनै नियम लागू नभएको जस्तै देखिन्छ । यहाँ पुग्दा लाग्छ, ‘यो ट्राफिक नियममुक्त क्षेत्र हनुपर्छ ।’

फुटपाथमा मात्रै हैन, यो साँघुरो सडकको छेउदेखि बीचमा पनि सवारी पार्किङ गरिन्छ ।

Parking on Footpath 3
यहाँ मनलाग्दी तवरले सवारी मोडिन्छ, भएभरका ट्राफिक नियम निस्फक्री तोडिन्छ । एक मिनेटमै जाम हुन्छ, गाडीहरु फुटपाथमा चढ्छन् र फुटपाथमा हिँडेकालाई पछाडिबाट प्रेसर हर्न बजाएर तर्साइन्छ ।

Parking on Footpath 4
यति देखेपछि तपाईंलाई लाग्न सक्छ कि यहाँ ट्राफिक नै पुग्दैनन् र ? त्यसो हैन, ट्राफिक त त्यहाँ पनि खटिन्छन्, तर, उनीहरु सिठ्ठी फुकेर सवारी व्यवस्थापन गर्दै गर्दैनन् । उनीहरु भद्रगोल पार्किङ देखे भने आँखा चिम्लिन्छन् र मोबाइल खेलाएर बस्छन् ।

Parking on Footpath 5
अन्य क्षेत्रमा सवारी नियम उलंघन गर्नेलाई कारवाहीको चिट थमाइहाल्ने ट्राफिक प्रहरी नियमविपरीत फुटपाथमै गाडी तेर्स्याएको देख्दा-दैख्दै चुप बस्छन् । किन यस्तो गरिन्छ ? ट्राफिक प्रहरी नै जान्दा हुन् ।

Parking on Footpath 6
यो क्षेत्रमा यसरी फुटपाथमा रोकिने अधिकांश गाडीमा सरकारी कार्यालय हाकिम, कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता हुने भएकाले ट्राफिक मौन बसेर सहयोग गरेको गुनासो स्थानीयको छ ।

Parking on Footpath 7
काठमाडौंका साघुँरा सडक र साँघुरा सडकपेटी, अनि सडकका क्षमता भन्दा धेरै सवारी । र, यही साँघुरा सडकको छेउमा बनेका फुटपाथमा गाडी रोकिँदा सर्वसाधारण भने मर्का बेहोर्दैछन् ।

Parking on Footpath 8
यो एकदिन मात्रै देखिने दृश्य हैन । अनामनगर पुग्नेले सँधै देख्ने र भोग्ने समस्या हो । दैनिक सिहंदरबार छिर्ने र निस्कने मन्त्रीज्यु र हाकिमले त नदेख्ने कुरै भएन ।

एपमार्फत सवारी व्यवस्थापनको योजना बनाएको बग्गीखानाका हाकिमले पो नदेखेका हुन् कि ? हामी फोटो खिच्न जाँदा अनामनगरका स्थानीय भन्दै थिए- ‘फोटो मात्रै नखिच्नुस् ट्राफिकका हाकिमलाई सोधिदिनुस्, अनामनगर ट्राफिक नियम निषेधित क्षेत्र हो ?

Parking on Footpath 9

Parking on Footpath 10

Parking on Footpath 11

Parking on Footpath 12

Parking on Footpath 13 Parking on Footpath 14 Parking on Footpath 15

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment