Comments Add Comment

फ्रान्सका जिरोर्डले जर्मनीविरुद्धको खेल गुमाउने खतरा

olliver-gerroud

काठमाडौं । फ्रान्सका ओलिभर जिरोर्डले युरो २०१६ मा जर्मनीविरुद्धको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ ।

उनको घुँडामा चोट लागेको छ । जसका कारण २९ बर्षीय आर्सनल स्ट्राइकर जिरोर्डले मंगलबार प्रशिक्षणमा सहभागी हुन पाएनन् । उनको उपचार प्रक्रिया भने चलिरहेको छ ।

जिरोर्डले बुधबारको प्रशिक्षण सत्रमा सहभागी हुने अपेक्षा गरिएको छ । यद्यपि उनको स्वस्थ्य अवस्थाको बारेमा थप जानकारी दिइएको छैन ।

फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पले यस प्रतियोगिताको लागि जिरोर्डलाई मुख्य स्ट्राइकरको रुपमा ढिलामात्र छनौट गरेका थिए ।

त्यसअघि आन्द्रे पिएरे गिग्नाकलाई अग्रपंक्ति सुम्पने तयारी थियो । प्रशिक्षकको निर्णयलाई जिरोर्डले सही सावित गरिदिएका छन् ।

उनले प्रतियोगितामा खेलेका ४ खेलमा ३ गोल गरेका छन् । स्जीट्जरल्याण्डबिरुद्ध पहिलो गोल गरेका जिरोर्डले क्वाटरफाइनलमा आइसल्याण्डबिरुद्ध २ गोल गरे ।

घरेलु टोली फ्रान्सले बिहीबार राति मार्सेलीमा विश्व च्याम्पियन जर्मनीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । जर्मनी क्वाटरफाइनलमा इटलीलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment