Comments Add Comment

ज्याकलिन भन्छिन्-‘साहरुख र आमिरसँग काम गर्नु मेरो सपना’

jacline fernandez
बलिउडमा अहिले श्रीलंकाकी मोडल ज्याकलिन फर्नान्डेज उदाउँदैछिन् । नायिकाहरु विचको प्रतिस्पर्धामा ज्याकलिनलाई एउटा स्थान बनाउन त्यती सहज छैन । अधिकांश चर्चित नायिकाहरु बलिउडका सुपरस्टारसँग काम गरिरहेका छन् । ज्याकलिनले पनि सन् २०१४ मा रिलिज भएको चलचित्र ‘किक’मा नायक सलमान खानसँग काम गरेकी थिइन् ।

ज्याकलिनलाई लाग्छ उनी अब बलिउडका सुपरस्टारद्धय साहरुख खान र आमिर खानसँग काम गर्ने प्रतिक्षामा छन् । उनका अनुसार, सफल कलाकारसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर मिल्छ । चलचित्र ‘ढिस्यूम’को सफलताले हौसिएकी यी हट सुन्दरीले भनिन्-‘साहरुख र आमिर खान जस्ता सुपरस्टारसँग काम गर्नु मेरो सपना हो ।’

बलिउडमा ज्याकलिनको चर्चा त खुबै हुने गर्छ, तर उनले सोचजस्तो सफलता पाइसकेकी छैनन् । साहरुख र आमिरले ज्याकलिनको सपना पुरा गरिदिएको खण्डमा उनको करिअरमा ठूलै परिवर्तन आउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment