+
+
Shares

प्राकृतिक प्रकोपका कारण पौने ८ अर्बको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ६ गते ६:३९

pahiro_palpa६ भदौ, काठमाडौं ।  प्राकृतिक प्रकोपका कारण बर्सेनि कृषि क्षेत्र प्रभावित हुने गरेको छ । गत वर्षमात्र खडेरीका कारण कृषिमा ७ अर्ब ७५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्यांक छ ।

खडेरीका कारण मुलुकभर ३ लाख २५ हजार ८५७ हेक्टरको अन्नबाली, तरकारी, फलफूललगायत कृषि उपजमा क्षति पुगेको हो ।

गत वर्ष खडेरीले खेती गर्ने क्षेत्रसमेत घटेको थियो भने गरिएको खेती खडेरीका कारण सुकेपछि कृषक मारमा परेका थिए । अाजको कारोबार दैनिकमा समाचार छ ।

कर्णालीमा ४० वर्षयताकै ठूलो खडेरीका कारण वर्षे र हिउँदे दुवै बाली प्रभावित बनेपछि कर्णालीवासी विस्थापनमा परेका थिए । खडेरीका कारण कर्णालीवासीले अझै खाद्य संकट भोगिरहेका छन् ।

कुनै वर्ष खडेरी र कुनै वर्ष डुबानका कारण सबैभन्दा बढी धानखेतमा क्षति हुने गरेको छ भने बाढी र पहिरोका कारण विभिन्न बालीमा कुनै न कुनै मात्रामा क्षति भइरहेको पाइन्छ ।

यो वर्ष भने बाढीका कारण साउनसम्ममा मात्र ७२ हजार २२५ हेक्टर क्षेत्रमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ ।

“कुनै वर्ष खडेरी र कुनै वर्ष बाढीपहिरोका कारण कृषिमा क्षति हुँदै आएको छ,” विभागका महानिर्देशक युवकध्वज जीसीले भने, “हामीले जिल्ला–जिल्लामा भएको क्षतिको विवरण संकलन गरेर हरेक वर्ष मन्त्रालयमा पठाउँदै आएका छौं ।”

जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसका आधारमा राहतका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?