Comments Add Comment

संविधान संशोधन र महाअभियोग सहमतिमै टुंगिन्छः सभामुख घर्ती

onsari-gharti-magar

१४ कात्तिक, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुंगिने विश्वास व्यक्त गरेकी छन् ।

आइतबार रिपोर्टर्स क्लबको देउसी-भैलो कार्यक्रममा बोल्दै सभामुख घर्तीले भनिन्, ‘संविधान संशोधनको विषयमा अहिले दलहरुवीच छलफल भैरहेको छ, यो विषयमा सहमतिमै टुंगोमा पुग्नेमा म विश्वस्त छु ।’

त्यस्तै उनले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव पनि दलहरुको सहमतिमै टुँगिने विश्वास दिलाइन् ।

सभामुख घर्तीमगरले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने ऐन कानूनहरु द्रुत गतिमा निर्माण भैरहेकोले राजनीतिक सहमतिमा तीनवटै निकायको चुनावपनि समयमै हुने बताइन् ।

उनले मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न दलहरु मिल्नुको विकल्प नभएको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment