+
+
Shares

एउटा फिल्म हिट भएपछि सुशान्तको पारिश्रमिक ५ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १९ गते १०:५९

dhoni and susant
बलिउडमा कुनै कलाकारको एउटा मात्र चलचित्र चल्यो भने, रातारात स्टार हुन्छन् । चलचित्र कसको कारणले चल्यो भन्ने मुल्यांकन गर्नुभन्दा पनि, उनीहरु पारिश्रमि बढाउन तर्फ नै बढी सोच्छन् । यो बर्ष सय करोड क्लबमा प्रवेश गरेका कम चलचित्रमध्ये एक हो, ‘धोनीः द अनटोल्ड स्टोरी’ ।

यो चलचित्रमा भारतीय क्रिकेट टिमका क्याप्टेन महेन्द्रसिंह धोनीको भूमिकामा नायक सुशान्त सिंह राजपुत देखिएका छन् । यो चलचित्रले सय करोड माथिको कलेक्शन मात्र गरेन, सुशान्तको अभिनयको पनि खुबै तारिफ भयो ।

यो चलचित्र चल्नुमा, धोनीको मुख्य भूमिका छ । त्यसपछि, सुशान्तको अभिनयले पनि काम गरेको छ । तर, यो चलचित्र चलेपछि सुशान्तले आफ्नो पारिश्रमिक ५ गुणा बढाएको चर्चा छ । यो चलचित्रका लागि २ करोड लिएका सुशान्त अब १० करोडसम्म डिमाण्ड गर्न थालेका छन् ।

के, १० करोड पारिश्रमिक लिएर सुशान्तले निर्मातालाई नाफा दिन सक्लान् ? के निर्माताले उनलाई १० करोड दिन तयार होलान् ? यो भने केहि समयपछि नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?