Comments Add Comment

विपिनदेखि कामेश्वरसम्म, जसको पारिश्रमिक यसरि बढ्यो


नेपाली चलचित्र क्षेत्रको व्यापार फराकिलो बन्दै जाँदा अहिले कलाकारको जीवनशैली पनि उकालो लागिरहेको छ । दर्शकले पत्याएका कलाकारको व्यस्तता निकै बढेको छ । देश-विदेशका कार्यक्रमदेखि चलचित्रको पर्दामा नै उनीहरुको पारिश्रमिक बढेको छ ।

चलचित्र ‘कृ’का लागि नायक अनमोल केसीले २० लाख पारिश्रमिक लिए । मल्टिप्लेक्समा चम्किएका दयाहाङ राई, सौगात मल्ल जस्ता कलाकार ८ देखि १० लाख पारिश्रमिक लिन्छन् ।

अब, मल्टिप्लेक्सका पर्दामा रुचाइएका अन्य कलाकारको पारिश्रमिक पनि एकाएक बढेको छ । निर्माता माधव वाग्लेले केहि दिन अगाडि अनलाइनखबरसँग भनेका थिए-‘लुट २ का लागि मैले कलाकारको पारिश्रमिक मात्र ६० लाख तिरेको छु । दया र सौगात मात्र होइनन्, अन्य कलाकारले पनि पारिश्रमिकको चर्को डिमाण्ड गरेका थिए ।’

चलचित्र ‘पशुपति प्रसाद र जात्रा’बाट चम्किएपछि कलाकार विपिन कार्कीले पनि चर्को पारिश्रमिक डिमाण्ड गर्न थालेका छन् । वुझिएअनुसार, निर्माण हुन लागेको एक चलचित्रका लागि उनले ७ लाख पारिश्रमिक डिमाण्ड गरेका रहेछन् । तर, उक्त चलचित्रमा पारिश्रमिककै कारण उनी अनुवन्धित हुन सकेनन् । यता, चलचित्र ‘रेशम फिलिली’बाट एकाएक उदाएका कलाकार कामेश्वर चौरासियाले पनि ५ लाख पारिश्रमिक डिमाण्ड गरेको वुझिएको छ ।

नायक नाजिर हुसेनले पनि ‘मनोरञ्जन’ नामक चलचित्रका लागि ५ लाख रुपैयाँ पारिश्रमिक मागेको खबर केहि समय अगाडि सार्वजनिक भएको थियो । अहिले, कलाकारको पारिश्रमिक एकाएक बढ्न थालेको छ । जसकाकारण, कलाकारलाई लिएर काम गर्न निकै गाह्रो हुन थालेको गुनासो निर्माताहरु गर्छन् ।

समय अनुसार, कलाकारले पारिश्रमिक डिमाण्ड गर्नु अनौठो कुरा होइन । तर, उनीहरुको अभिनय र अनुहारले दर्शक हलसम्म आउँछन् या आउँदैनन् भन्ने मुख्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment