+
+

आईजीपी विवाद: मुद्दाको अन्तिम सुनुवाई प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ६ गते ११:५७
जयबहादुर चन्द

६ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्वन्धी मुद्दा आज आइतबारदेखि अन्तिम सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश सुशील कार्कीले आफ्नै नेतृत्वको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेकी छन् । इजलासमा हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।

मुद्दा गत बिहीबार नै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा पेश भएको थियो ।

तर, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश जारी गर्ने न्यायाधीशहरुकै इजलास भन्दै आपत्ति जनाएपछि पूर्ण इजलासमा पठाइएको थियो ।

अब पूर्ण इजलासमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नै डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने हरिकृष्ण कार्कीसहित तेजबहादुर केसीको इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, प्रहरी प्रमुख दलका अर्का दाबेदार डीआईजी नवराज सिलवाल अदालत गए ।

सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि सरकारले प्रहरी नियमावलीमा संशोधन गर्दै प्राविधितर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?