Comments Add Comment

मधुमेह उपचारका लागि व्यायम कति महत्वपूर्ण ?

कुनैबेला खानदानी रोग भनिन्थ्यो, मधुमेहलाई । यो हुनेखानेलाई लाग्ने रोगको रुपमा चिनिन्थ्यो । त्यसको पछाडि बसीबसी खाने, शारीरिक श्रम नगर्ने, आवश्यक्ताभन्दा बढी खाने, मीठोमसिनो खाने भन्ने अर्थ हो ।

तर, अहिले अस्वास्थ्यकर जीवनशैलीको कारण यो साझा समस्या बन्दै गएको छ । मधुमेहबाट छुटकारा पाउन जीवनशैली, खानपानमा परिवर्तन गनुपर्छ । साथै, यसका लागि योगको एकदमै महत्वपूर्ण हुन्छ ।

– बिहानको स्वच्छ हावामा योग गरौं । यद्यपी योग प्रशिक्षकको परामर्श अनुसार कुन आसन वा विधी अपनाउने भन्ने कुराको निक्र्यौल गनुपर्छ । जथाभावी योग गर्नु उचित मानिदैन ।

– मधुमेह जस्ता दीर्घ रोगमा कतिपय ब्यायम वा योगासन निषेधित छ । यसको सबैभन्दा उत्कृष्ट समधान हो, पैदल यात्रा । बिहान चिसो र स्वच्छ हाहावामा छिटो छिटो पैदल हिँड्नु राम्रो हो ।

– नियमित प्रणयाम गर्नु अति आवश्यक छ । यसले श्वासप्रश्वास प्रक्रियालाई चुस्त बनाउँछ । रक्त संचार प्रवाहमा सहयोग गर्छ । अनुलोम विलोम लगायतका विधी अपनाएर दीर्घ रोगको असर कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment