Comments Add Comment

साइकलमा होइन कारमा स्कुल जान्थिन् परिणती, किन बोलिन् झुठो ?


बलिउड नायिका परिणिती चोपडाले आफु गरिब परिवारको भएकाले स्कुल जाँदा साइकलमा जाने गरेको भन्ने समाचार झुटो सावित भएको छ ।

उनको स्कुल पढ्दाकी साथी कानी गुप्ताले फेसबुकमा लेख्दै भनेकी छिन् कि-‘परिणीतीको बुबासँग एउटा हैन दुइ तीनवटा महंगा कार थिए । उनी कहिल्यै साइकल चढेर स्कुल गइनन् ।’

परिणितीले आफुसँग महंगो कार नभएकाले साइकल चढेर स्कुल जाने गरेको र केटाहरुले आफूलाई जिस्क्याउने गरेको केही समय अगाडि बताएकी थिइन् । यतिसम्म कि कतिपय केटाहरुले फ्रक उचाल्दिने समेत गरेको बताएकी थिइन् । उनकी क्लासमेट गुप्ताले यो सब झुटो भएको बताएकी छिन् ।

गुप्ताको भनाई सार्वजनिक भए लगत्तै परिणितीले भनेकी छिन्-‘म साइकलमा स्कुल जान्थेँ, मेरो बुबा मेरो पछि-पछि कारमा जानुहुन्थ्यो र म स्कुल पुगेपछि फर्किनुहुन्थ्यो ।’

आफुमा आत्मविश्वास बढोस् भन्नका लागि बुबाले साइकलमा यात्रा गराएको अनुभव उनले गरेकी छिन् । ‘म अहिले महसुस् गर्दैछु । मेरो बुबा मलाई एउटी स्वतन्त्र महिलाको रुपमा स्थापित गर्न चाहुनुहुन्थ्यो ।’ उनले भनिन् ।

परिणितीको कुरा सुने लगत्तै गुप्ताले क्यामेराको अगाडि झुटो बोलेको भन्दै परिणितीले सेलीब्रेटी भएपछि झुठो कथा प्रस्तुत गरेको आरोप लगाएकी छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment