Comments Add Comment

छठ पर्व आजदेखि सुरु

फाइल तस्वीर

६ कात्तिक, काठमाडौं । छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ ।

छठ व्रत गर्नेहरुले सोमवार चौथीको दिन आज अरवा अरवाइन गरी चोखोनिधो हुने गर्दछन् । छठ पर्वको सुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगारिने कार्य सुरु भएको छ ।

छठको दोस्रो दिन भोलि अर्थात् पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने गरिन्छ भने साँझ नबचुल्होमा व्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् । खिर बनाइ डाली अनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने गरिन्छ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार बसाइपश्चात बेलुका फलाहार गरिने कार्यलाई खरना भनिन्छ ।

षष्ठीको दिन व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा , भुसुवा , केरा फलफुल, पान , सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ । भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment