+
+
Shares

बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

रासस रासस
२०७४ कात्तिक ७ गते ९:२१


७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावा २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?