१५ मंसिर, सिमरा । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले वाम गठबन्धनको शक्ति देखेर कांग्रेसले हार स्वीकार गरिसकेको बताएका छन् ।
शुक्रबार बाराको सिमरामा आयोजित वाम गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै नेता नेपालले वाम गठबन्धनले आफूहरुको पक्षमा लहर श्रृजना गरेको भन्दै परिणाम उत्साहजनक आउने दावी गरे ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वीरगञ्जमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कांग्रेस चुनाव अघि नै आत्तिसकेको बताए ।
प्रदेश र प्रतिनिधिसभा सदस्यको पहिलो चरणको निर्वाचनमा पनि वाम गठबन्धनले ३७ क्षेत्रमध्ये ३० सिट जित्ने दाबी गर्दै उनले कांग्रेस र अन्यलाई बाँकी रहलपहल भागमा पर्ने भन्दै व्यङ्ग्य गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4