Comments Add Comment

पाल्पा जिल्ला, वाम गठबन्धनको किल्ला !

२४ मंसिर, काठमाडौं । पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो ।

पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरे । प्रतिस्पर्धी घिमिरेले २३ हजार ९९३ मत ल्याए ।

यस्तै क्षेत्र नं. २ मा पनि एमालेका सोमप्रसाद पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर कांग्रेसकै हरिप्रसाद नेपाललाई पराजित गरेका छन् । नेपालले २४ हजार ५५४ मत ल्याए ।

यस्तै क्षेत्र नं. १ (क)मा गठबन्धनबाटै एमालेका युवराज खनालले कांग्रेसका वेदराज ढकाललाई पराजित गरे । खनालले १७ हजार ८५१ मत ल्याए भने ढकालले १३ हजार ६६० मत ल्याए ।

क्षेत्र नं. १ (ख) मा पनि एमालेकै नारायणप्रसाद आचार्यले १२ हजार ७६५ मत ल्याएर कांग्रेसका दानबहादुर पछाई क्षेत्रीलाई पराजित गरे । पछाई क्षेत्रीले १० हजार ५०२ मत ल्याए ।

यता क्षेत्र नं. २ (क) मा पनि एमालेकै पुरनमान बज्राचार्यले १८ हजार ४२ मत ल्याएर कांग्रेसका माधवप्रसाद नेपाललाई पराजित गरेका छन् । प्रतिस्पर्धी नेपालले १३ हजार ४७० मत ल्याए ।

प्रदेश (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका तुलाराम घर्ती मगरले १६ हजार ४२२ मत ल्याएर कांग्रेसका रामबहादुर कार्कीलाई राजित गरेका छन् । कार्कीले ११ हजार ४९६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment