Comments Add Comment

कोशी टप्पुको जंगल सफारी बन्द

१३ पुस, इटहरी । जंगल सफारीको पर्यावाची भनेर चिनिएको चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्यजन्तु आरक्षपछि पूर्वकै पहिलो जंगल सफारी चलायो धरानको सेछ ट्राभलिङले ।

नेपालको सबैभन्दा ठूलो नदी कोशी किनारमा रहेको दक्षिण एसियाको चरा भण्डार भनिएको तथा अर्ना, डल्फिन र साइबेरियाका आप्रवासि घुमन्ते चराको गन्तव्यका कारण कोशी टप्पु चर्चित छ ।

कोशी टप्पुको जंगल सफारी पनि चर्चित नै थियो । सेेछ ट्राभलिङका संचालकहरु बासुदेव बराल र एलिना मगरले ल्याएको कोशी टप्पु क्षेत्रको जंगल सफारीले नेपाली र सिमावर्ती भारतीय आगन्तुकहरु पनि पायो ।

तर, अहिले उक्त कार्यक्रमले निरन्तरता पाउँन सकेको छैन । प्रदेश एककै पहिलो व्यवसायिक जंगल सफारी अहिले बन्द भएको छ ।

यसकारण बन्द भयो जंगल सफारी

नेपाल भारतका विभिन्न १० समूहका ७० बढिलाई सफल जंगल सफारी गराएको सेछले किन निरन्तरता दिन सकेन ? यसको जवाफमा परिकल्पनाकार बरालले दुई कारण बताए ।

पहिलो कारण-सरकारी निकायको उदासिनता र दोश्रो कारण-प्राकृतिक कारण । सरकारी निकायको उदासिनता भन्नाले जंजल सफारीमा गएका पर्यटकको सुविधामा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका कर्मचारीको असहयोग भएको बराल बताउँछन् ।

कुनै एक कर्मचारी अभाव भएको वा विदा भएको कारण देखाएर पनि आरक्ष खुल्ला नगरिदा समस्या भएको बरालले बताए ।

यस्तै, कुनैबेला हात्ति विरामी भएको कारण त कुनै बेला जंजली हात्ती आएको हुनाले सुरक्षाको पत्याभूति नहुने भनेर आरक्ष कर्मचारीले बताउने बरालले बताए । ‘जंजल सफारीको मुख्य आनन्द नै आरक्ष क्षेत्रभित्रको हात्ती सफारी, डल्फिन पोइन्ट यात्रा, अर्ना अवलोकन आदि हुन’, बराल भन्छन, ‘तर, त्यहि कुरा नै नहुने भएपछि जंगल सफारीमा जानेहरुले खल्लो मान्छन ।’

कर्मचारी र सरकारी संयन्त्रको असहयोगका अतिरिक्त प्राकृतिक कारणले पनि जंजल सफारी राम्रो जान नसकेको बराल बताउँछन् ।

कोशी टप्पुमा आएका जंगली हात्ती समयमै फर्केर नगएकोले पनि अफूले सोचेको जंगल सफारी हुन नपाएको बरालको भनाइ छ । जंगली हात्तिहरु हुँदा असुरक्षा हुने भन्दै आरक्षक्षेत्रमा असहज हुने उनले बताए ।

२०६९ सालबाट सुरु भएको धरानको पहिलो व्यवसायिक ट्राभल एजेन्सि सेछ ट्राइलिङले पूर्वमै पहिलो जंजल सफारीको सुरुआत २०७२ बाट गरेको थियो ।

नेपाल र भारतका विभिन्न स्थानहरुमा बहुप्रचारित जंजल सफारीको अकर्षण पनि थियो । दक्षिण एसियाकै चरा भण्डारको रुपमा रहेको कोशी टप्पुको चरा अवलोकन, थारु गाँउको यात्रा, हात्ति सफारी र नेपालकै सबैभन्दा ठूलो कोशी नदीमा सनबाथ लिन यो जंगल सफारी लोकपि्रय थियो ।

धरानको चारकोशे झाडि हुँदै जाने उक्त जंगल सफारीको शुल्क २५ सय रहेको थियो । उक्त शुल्कमा खाना, नास्ता, यात्रा र अन्य सबै शुल्कहरु समावेश थियो ।

जंगल सफारी व्यवस्थित भए भारतीय र चिनीयाँको भिड

केही मानवीय र केही प्राकृतिक कारणले रोकिएको जंगल सफारी संचालन गर्न आफू तयार भएको बराइ बताउँछन । ‘पूर्वकै सबैभन्दा मौलिक र महत्वपूर्ण जंगल सफारी गर्न मेरो धेरै इच्छा त छ नै’, फोनमा कुरा गर्दै बरालले भने, ‘तर, यसको लागि सरकारी सयहोग र प्राकृतिक अनुकुलता हुन जरुरी छ ।’

धरान भएर हुने यो जंगल सफारी सफल र निरन्तर संचालनमा आएको खण्डमा नेपाल भन्दा भारतीय पर्यटकहरुको भिड हुने समेत बरालको तर्क छ ।

कोशी टप्पु तथा पूर्वको धरान सहरबाट भारतीय राज्यहरु बिहार र पश्चिम बंगाल केही घण्टाको मात्रै दुरीमा रहेकोले पनि जंगल सफारी चलाएर चर्चा गरेको खण्डमा व्यापक चल्ने बरालको तर्क छ । उनी भन्छन, ‘बिहार र पश्चिम बंगालको बढ्दो मध्यम बर्ग तथा उनीहरुको नेपाल प्रतिको आकर्षणका कारणले पनि कोशी टप्पुको जंगल सफारीको राम्रो अन्तराष्ट्रिय बजार छ । अझ चिनियाँ नाका किमाथांक खोलेपछि त चिनीयाँहरु पनि ल्याउन सकिन्छ ।’

कोशी टप्पु भारत र चिनको त्रिदेशीय पर्यटकिय हब बन्ने भएकोले पनि यहाँको जंगल सफारी संचालनमा सरकारी सहयोग र प्रोत्स्ााहन अनिवार्य भएको बराल बताउँछन् ।

पानी र सुरक्षा भएमा चारकोशे झाडी मै हुन्छ जंजल सफारी

दुई वर्ष चलेर र चर्चामा आएर पनि निरन्तरता पाँउन नसकेको जंगल सफारी संचालन गर्न चारकोशे झाडीमै पनि सकिने पर्यटनकर्मी बराल बताउँछन् ।

चारकोशे झाडीमा पानीमा मात्र पर्याप्त उपलब्धता नभएकोले जंगली पशुहरु कम मात्रै विचलन गर्ने भन्दै बराल राम्रो पानीकोे व्यवस्था भएकोक खण्डमा त्यहाँ जंगली पशुहरुको राम्रो आवागमन हुने बताउँछन् ।

पर्याप्त पानी र भरपर्दो सुरक्षा भएको खण्डमा धरान आएका पाहुनाहरुलाइ चारकोशे झाडीकै जंगल सफारी पनि रोचक हुने बराल बताउँछन् । ‘धेरै जंगली सुन्दरता, हरियाली चराचुरुगिं अनि अन्य आकर्षणहरु चारकोशेमै पनि पाइन्छ’, बराल भन्छन, ‘यसलाई पर्यटकीय बजारमा जंगल सफारी प्याकेजमा ल्याएर बेच्न हामीले पानी र सुरक्षाको प्रत्याभुति भने दिलाँउनु पर्छ ।’

पूर्वका सरकारी सरोकारवालाहरुले पर्यटनलाई समाजसेवाको रुपमा मात्रै नभएर व्यवसायको रुपमा लिन जरुरी रहेको पनि बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment