Comments Add Comment

अष्ट्रेलियामा ६० हजारभन्दा बढी अवैध आप्रवासी, चाइनीज र मलेसियन धेरै

अष्ट्रेलिया । अष्ट्रेलियामा ६० हजारभन्दा बढी बिदेशी विद्यार्थी तथा पर्यटकहरु लुकिरहेको तथ्य भेटिएको छ । गृह मन्त्रालयले यी अवैध आप्रवासीहरुलाई पत्ता लगाउन आफूहरु असक्षम भएको स्वीकारेको छ ।

मन्त्रालयले घरबेटीहरु तथा बालस्याहार केन्द्रहरुलाई आफ्नो घरमा विदेशीहरुलाई राख्नुपूर्व वा डे केयरमा बच्चा भर्ना गर्नुपूर्व उनीहरुको भिसा परीक्षण गर्न अनुरोध गरेको छ । साथै मानिसहरुले बैंक खाता खोल्दा, सवारीचालक प्रमाणपत्र लिँदा वा कुनै भवन निर्माणमा काम गर्ने अनुमतिपत्र लिँदा कडा नियम लागु गर्न मन्त्रालयले सुझाएको छ ।

द डेल्ली टेलिग्राफले प्राप्त गरेको एउटा आन्तरिक सरकारी प्रतिवेदनमा भनिएको छ, ‘भिसाको अवधि सकिएपछि लुकेर बसिरहेकाहरुको पक्षमा शक्ति सन्तुलन ढल्किएको छ ।’

प्रतिवेदनका अनुसार अहिले ६२ हजार ९ सय अवैध आप्रवासीहरु लुकेर बसिरहेका छन्, जसमध्ये तीन चौथाई पर्यटक हुन भने १५ प्रतिशत विद्यार्थी हुन् ।

१८ हजार ७ सय ५० जना आप्रवासीहरु कम्तिमा १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएको तथ्यांक पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
अवैध कामदारमध्ये एक चौथाई मलेशिया र चीनका छन् भने अमेरिकाका ५ हजार एक सय ७० जना र बेलायतका ३ हजार ६ सय ८० जना छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो देशमा भन्दा धेरै गुणा बढी पैसा अष्ट्रेलियामा कमाउन सकिने भएकाले यहाँ आउनेहरु हत्पत्ति फर्किन चाहँदैनन् । यदी उनीहरुलाई देशनिकाला गरियो भने पछि उनीहरुले मनग्गे पैसा कमाइसकेका हुन्छन् ।’
प्रतिवेदनका अनुसार केही अवैध आप्रवासीहरु आफ्नो सन्तान १० वर्षको भएर नागरिकता लिँदासम्म परिवारसहित यहीँ बस्न चाहन्छन् ।
अरु नामबाट पुन अष्ट्रेलिया प्रवेश गर्नेहरुलाई रोक्न विमानस्थलमा अझै बढी बायोमेटि्रक परीक्षण प्रणाली स्थापना गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।
गृह मन्त्रालयका कर्मचारीहरुले अवैध कामदारहरुलाई काम लगाउने व्यक्तिहरुलाई ठूलो जरिवाना तोक्नुपर्ने पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment