२ माघ, माेरङ । जिल्लाकाे सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट ३ वर्षीय बालककाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा स्थानीय टेकबहादुर राईका ३ वर्षीय छोरा क्षितिज छन् ।
बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को २ त ६००६ नंको ट्रयाक्टरले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएकाे छ ।
प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएकाे छ भने चालक फरार छन् । उनकाे खाेजी भइरहेकाे इप्रका बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4