Comments Add Comment

त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको छड्के, कार्यकक्षमा अनुपस्थित कर्मचारी कारबाहीमा

प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना मात्रै कार्य कक्षमा

६ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका थिए ।

थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना मात्रै कार्यकक्षमा भेटिएका थिए ।

त्यसबारे थापाले जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’

यसअघि मंगलबार बिहान थापाले सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment