मंगलबार, १ साउन, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

एपेक्स बैंक घोटाला प्रकरणः ‘क’ श्रेणीका ठेकेदार भेटवाल समातिए

Suzuki
अनलाइनखबर

३ बैशाख, काठमाडौं । एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा ‘क’ श्रेणीका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

उनीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो । जलेह्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक उनको कम्पनीले रत्नपार्कमा काठमाडौं भ्यू टावर बनाइरहेको छ ।

उनले कमसल जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए । ब्यूरोका प्रवक्ता प्रहरी उरीक्षक (एसपी) जीवन श्रेष्ठका अनुसार उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

यो पनि पढ्नुस् 

एनसीसी बैंक घोटाला काण्डः सञ्चालक धितालसहित १३ जना पक्राउ (हेर्नुस् सूची)

मर्जर सहमति भएपछि एपेक्सले गरेको बदमासी डेढ वर्षपछि खुल्यो

२०७५ वैशाख ३ गते १८:३९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this