Comments Add Comment

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

यसरी छनौट गर्ने सही साइज


ब्रा, अर्थात भित्री बस्त्र । हामी के ठान्छौ भने, भित्री बस्त्र जस्तोसुकै भएपनि हुन्छ । अर्थात बस्त्र एवं लुगा भनेको देखाउनलाई हो । लाज ढाक्नलाई हो । जाडो-गर्मी छल्नलाई हो । हामीले यस्तै बुझेका छौं । त्यहीकारण बाहिरी लुगा खरिद गर्दा आफुलाई सुहाउँछ कि सुहाउँदैन भनेर जति ख्याल गरिन्छ, भित्री बस्त्र खरिद गर्दा त्यसमा ध्यान दिइदैन ।

पुरुषको तुलनामा महिलाहरु यसमा सचेत हुनुपर्छ । किनभने उनीहरुले ब्रा तथा पेन्टीको खरिद गरिरहँदा त्यसको गुणस्तर, आफ्नो शारीरिक बनौट जस्ता धेरै कुरामा ख्याल गर्नुपर्छ । यदि त्यसो गरिएन भने भित्री बस्त्रले स्वास्थ्यमा समेत प्रभाव पार्छ ।

हुन त महिलाहरु त्यसेपनि फेसनमा लालयित हुन्छन् । उनीहरु कस्तो पहिरन लगाउने भनेर घोत्लिन्छन् पनि । पुरुषको तुलनामा फेसनप्रति सचेत पनि हुन्छन् । तर, भित्री बस्त्र खासगरी ब्राको सन्दर्भमा भने उनीहरु बेपर्वाह देखिन्छन् । ब्रा भित्रबाट लगाइने भएकाले जस्तोसुकै भएपनि हुन्छ भन्ने मानसिकता पाइन्छ ।

८० प्रतिशतले गलत ब्रा

ब्रा कस्तो हुनुपर्छ ? ब्रा खरिद गर्दा के कुरामा ध्यान दिनुपर्छ ? ब्रासँग स्वास्थ्यको के सम्बन्ध छ ? यो मननिय कुरा हो ।

तर, यस्ता कुरामा महिलाहरु खास सचेत देखिदैनन् । एक सर्वेक्षणमा के देखिएको छ भने, ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाइरहेका हुन्छन् ।
ब्रा बिभिन्न साइजको हुन्छ । आफुलाई कुन साइजको ब्रा फिट हुन्छ भन्ने कुरामा महिलाहरुले जानकारी राख्नैपर्छ । तर, यसलाई उनीहरुले गंभिरतापूर्वक लिदैनन् । सामान्य ठान्छन् र गलत साइजको ब्रा लगाउँछन् ।

किन गलत साइजको ब्रा लगाउँछन् ?

किन महिलाले गलत साइजको ब्रा लगाउँछन् ? उनीलाई यसबारे हेक्का नभएर हो ? कि भित्री बस्त्र भनेर परर्वाह नगरेका हुन् ?
खासमा आफ्नो ब्रेस्टको सही साइज थाहा नभएर यस्तो गल्ती हुनेगर्छ । साथै अक्सर महिला सस्तो मूल्यको ब्रा खरिद गर्न रुचाउँछन् । सस्तो ब्राको गुणस्तर र फिटिङ सही हुँदैन ।

महंगो ब्रा लगाउनैपर्छ ?

के तपाईलाई थाहा छ, आखिर ब्रा किन यति महंगो हुनेगर्छ ? के त्यसमा खर्च गर्न सही हो ?

निश्चयपनि भित्री बस्त्रको छनौट गर्दा त्यसको गुणस्तरमा ख्याल गर्नैपर्छ । धेरैजसो महिला त सस्तो ब्रा खरिद गर्न रुचाउँछद्धन् । जबकी भित्री बस्त्र गुणस्तरिय हुनैपर्छ । गुणस्तरिय भएपछि त्यो तुलनात्मक रुपम महंगो हुने नै भयो ।

सही आकारको भएन भने के हुन्छ ?

भित्री बस्त्र अर्थात ब्रा गुणस्तरिय हुनुपर्छ । उचित आकारको हुनुपर्छ । यस्तो ब्रा लगाउँदा कुनै असजिलो अनुभव हुनुहुँदैन । साथै त्यसले छालालाई असर पनि गर्नु हुँदैन । किनभने महिलाले निरन्तर १६ घण्टासम्म एउटै ब्रा लगाइरहेका हुन्छन् ।

यदि सही आकारको ब्रा भएन भने त्यो असजिलो मात्र हुँदैन, त्यसले ब्रेस्टको आकार एवं सेपमा समेत असर गर्छ ।

एक शोध अनुसार औसत महिलाले आफ्नो ब्रा एवं भित्री बस्त्रमा जिन्स, टप्स वा अन्य कपडाभन्दा धेरै कम खर्च गर्छन् । जबकी एउटा टिसर्ट महिलले जति समय लगाउँछन्, त्यो भन्दा बढी समय ब्रा लगाउँछन् । यस्तो अवस्थामा ब्रा सजिलो, छालामैत्री, टिकाउयुक्त हुन जरुरी छ ।

ब्राको सही आकार

तौल घटबढ, हर्मोनल परिवर्तन, गर्भावस्था जस्ता कारणले ब्राको साइजमा पनि फेरबदल आउन सक्छ । त्यसैले आफ्नो ब्रेस्टको साइजको नाप लिइरहनुपर्छ र त्यही अनुसार ब्रा खरिद गर्नुपर्छ ।

ब्रा खरिद गर्दा त्यो आफ्नो ब्रेस्टमा फिट हुन्छ हुँदैन भन्ने कुरालाई बढी ख्याल गर्नुपर्छ । धेरै कसिलो वा धेरै खुकुलो ब्रा लगाउने गल्ती नगरौं । साथै गुणस्तरहिन ब्रा पनि लगाउने चक्करमा नपरौं ।

कसिलो ब्रा लगाउँदा के हुन्छ ?

छरितो देखाउनका लागि कतिले कसिलो ब्रा लगाउँछन् । यसले रक्त प्रवाहमा बाधा पुर्‍याउँछ । छालामा दाग बस्ने संभावना पनि हुन्छ ।

खुकुलो ब्रा लगाउँदा के हुन्छ ?

धेरै खुकुलो ब्रा लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । साथै ब्रेस्टको सेप पनि बिग्रन्छ । त्यसैले सही आकारको ब्रा लगाउनुपर्छ ।

कसरी छनौट गर्ने त ब्रा ?

जहाँ ब्राको बेन्ड हुन्छ, कमरको माथि, त्यस हिस्सामा इन्ची टेप लपेटर साइज नापौं । धेरै कसेर नाप नलिनुहोस् । यदि तपाईको नाप पोइन्टमा आउँछ भने, कम भन्दा धेरै नम्बरको ब्रा लिनुपर्छ । जस्तो कि ३३ दशमलव ५ नाप आएमा ३४ साइजको ब्रा लगाउनुपर्छ । कप साइजका लागि ब्रेस्टको नाप इन्ची टेपले लिनुपर्छ ।

ब्रा ट्राइ गरेको बेला स्ट्रैप्स सही सही ढंगले आफ्नो काँधमा मिल्यो कि मिलेन ख्याल गर्नुपर्छ । धेरै कसिलो वा खुकुलो भयो भने राम्रो हुँदैन । आफ्नो ब्रेस्टको साइज अनुसार स्ट्रैप्सको चौडाई छनौट गरौं, स्ट्रैप्सको काम हो, तपाईको कप्सलाई सपोर्ट गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment