Comments Add Comment

कर्णाली नदीलेे सतर्कताको तह नाघ्यो

२० साउन, कैलाली । लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव सतर्कताको सतहभन्दा माथि पुगेको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीमा प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीले कर्णाली नदीमा पानीको बहाब बढिरहेको जानकारी दिए ।
विहान ७ मिटर रहेको पानीको सतह दिउँसो ९.३५ मिटर मापन गरिएको छ ।

९ मिटर भन्दामाथि पानीको मापन भएपछि नदी तटिए क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन भनिएको उनले जानकारी दिए ।
पानीको सहत १० मिटरभन्दा माथि पुगेपछि खतरको साइरन बज्ने भन्दै प्रहरी निरीक्षक केसीले आफूले लगातार पानीको नाप मापन गरिहेको बताए ।

यता कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नदीमा पानीको बहाव बढेसंगै नदीले प्रभावपार्ने क्षेत्रका स्थानियहरुलाई सतर्क रहन जानकारी गराइएको बताए ।

उनले कर्णालीसँगै कान्द्रा नदीमा समेत पानीको सतह बढ्दै गइरहेको जानकारी दिए । कान्द्रा नदीमा पानीको सतह बढ्दा भजनी नगरपालिका-५ का केही घरमा पानीसमेत पसेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment