१४ भदौ, डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-३ का वडासदस्यले विद्यालय प्रथम हुने विद्यार्थीको एक वर्षको पढाइ खर्च व्यहोर्ने घोषणा गरेका छन् ।
वडासदस्य सुरेन्द्र मल्लले भद्रपुर माध्यमिक विद्यालय अजयमेरुमा कक्षा १ देखि ७ सम्म अध्ययन गर्ने विद्यार्थीमध्ये विद्यालय प्रथम हुनेको आागामी शैक्षिक वर्षको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।
विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै उनले यस वर्ष विद्यालय प्रथम हुने विद्यार्थीको सम्पूर्ण शैक्षिक सामग्री ड्रेस, जुत्ता आफूले किनिदिने बताएका हुन । मल्लले भने, ‘प्रत्येक ३ महिनामा एक दिन उक्त विद्यार्थीको घरमै बसेर सम्पूर्ण पढाइको जानकारी र सुझाव सल्लाहसमेत लिनेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4