Comments Add Comment

हलिउड फिल्ममा ‘सुपरहिरो’ बन्लान् शाहरुख ?

केही दिन अगाडि बलिउड अभिनेता शाहरुख खानले हलिउड फिल्म खेल्न रुची नभएको बताएका थिए । तर, उनले चाँडै एउटा हलिउड फिल्ममा ‘सुपरहिरो’ को रुपमा अभिनय गर्न सक्ने भारतीय मिडियाले जनाएका छन् ।
हलिउडको फिल्म निर्माण कम्पनी मार्वल फिल्म्सले आफ्नो आगामी सुपरहिरो फिल्ममा शाहरुखलाई खेलाउने इन्ट्रेस्ट देखाएको छ । यस कम्पनीले निर्माण गरेको फिल्म ‘डेडपुल २’ मा डेडपुल र डोपिन्डरले शाहरुखको फिल्म स्वदेशको गीत सुनिरहेको दृष्य थियो । यसबाट पनि शाहरुखप्रति कम्पनीको आशक्ति झल्किन्छ ।

मार्बलका फिल्मको फ्यानबेस भारतमा तीव्ररुपले बढिरहेको छ । ‘एभेन्जर इन्पिmनिटी वार’ भारतमा ब्लकबस्टर भएको थियो । मार्वलका क्रियटिम डेभलपमेन्ट हेड स्टिफन वाकरले भारतीय फ्यान बेसलाई आकषिर्त गर्न भारतीय विषयवस्तुमा नै फिल्म बनाउने योजना रहेको बताए ।

‘यदि हामीले भारतीय कन्टेन्टमा फिल्म बनायौं भने शाहरुख खानलाई लिनेछौं,’ उनले भने । सुपरहिरो फिल्म बनाउन मार्वल प्रख्यात छ । शाहरुखले यसअघि हिन्दी फिल्म ‘रा वन’ मा सुपरहिरोको भूमिका निभाएका थिए । तर, यो फिल्म फ्लप भएको थियो । शाहरुखले केी दिनअगाडि दिएको एक अन्तरवार्तामा हलिउड निर्मातासँग फिल्म माग्न नजाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment