Comments Add Comment

महर्षि दधीचि, जसलाई आज हामीले किन सम्झनुपर्नेछ ?

प्राचीन कालमा एक परम तपस्वी थिए, जसको नाम थियो दधीचि ।  उनका पिता एक महान ऋषि अथर्वा थिए भने माताको नाम शान्ति थियो।  उनले आफ्नो सम्पूर्ण जीवन शिवभक्तिमा  व्यतीत गरे ।

दधीचि एक ख्यातिप्राप्त महर्षि  थिए, उनी समस्त वेद-शास्त्रका  ज्ञाता, परोपकारी एवं दयालु थिए ।  उनमा लेस मात्र पनि अहंकार थिएन ।  उनी सदैव अरूको हितनिम्ति अग्रसर रहन्थे।  उनी जहाँ बस्थे, त्यस वनका पशु-पक्षीसमेत उनको व्यवहारबाट सन्तुष्ट थिए ।  उनी यतिसम्म परोपकारी थिए कि देवताहरूको मागबमोजिम आफ्नो शरीरको हड्डीसमेत दान दिएका थिए ।

एक समयको कुरा हो ।  लोकहितका लागि कठोर तपस्या  गरिरहेका महर्षि दधीचिको तपस्याका प्रभाव एवं तेजका कारण तीनै  लोक आलोकित भयो तर इन्द्रको तेज कमजोर बन्न पुग्यो ।  इन्द्रको मनमा महषिर्ले इन्द्रासन खोस्ने हुन् कि भन्ने भय पस्यो ।  यसकारण इन्द्रले दधीचिको तपस्या भंग गर्नका लागि कामदेवको साथ लगाएर एक अप्सरालाई पठाए तर  विफल रहे ।

यसपछि इन्द्र दधीचिको हत्या गर्ने विचारले सेनासहित महषिर्को तपस्थल पुगे ।  उनले अनेक  अस्त्र-शस्त्र महषिर्माथि प्रहार गरे तर कसै गरे पनि महषिर्को तपस्याबाट सिर्जित अभेद्य कवच भेदन गर्न सकेनन् ।  महर्षि उत्तिकै अविचल तथा शान्त भावले समाधिस्थ बसिरहे, बाहिर के भइरहेको छ भन्ने कुराले उनलाई कुनै फरक पारेन ।  हारका कारण लज्जित इन्द्र स्वर्ग फर्के ।  यो घटना भएको धेरै समयपछि  वृत्रासुरले देवलोकमाथि अधिकार जमाए ।

पराजित इन्ऽ तथा अन्य देवता दुस्ख सहँदै भौंतारिन थाले ।  त्यो देखेर प्रजापिता ब्रहृमाले वृत्रासुरको अन्त महर्षि दधीचिको हड्डीबाट निर्मित अस्त्रबाट मात्र सम्भव भएकाले सोही अनुसार उपाय गर्न सुझाए। ब्रहृमाले दधीचिकहाँ गएर उनको हड्डी माग्न लगाए।   यो सुनेर इन्ऽ के गर्ने के नगर्ने स्थितिमा पुगे।

आफूले जसको हत्या गर्ने प्रयास गरियो उसैसँग गएर माग्नु अझ जीवित मानिससँग हड्डी माग्नु कतिसम्म लाजमर्दो र नीच काम हो भन्ने कुरा सम्झँदा इन्द्र थरथर काँपे ।  विकल्प अर्को थिएन ।   पहिलेको कुरा सम्झेर के सहायता गर्लान् र भन्ने डर पनि इन्ऽलाई छँदै थियो।  अरू कुनै उपाय नदेखेपछि निर्लज्ज इन्द्र महषिर्कहाँ गएर अक्मकाउँदै बोले, – ‘महात्मन् ! तीनै लोकको कल्याणका निमित्त  हामीलाई तपाईंको हड्डी चाहियो ।’

महषिर्ले विनम्रतापूर्वक भने – ‘देव इन्द्र, लोकहितका खातिर म तिमीलाई आफ्नो शरीर सुम्पन्छु ।’  इन्द्र ट्वाँ परेर उनको मुखमा हेर्दै थिए, महषिर्ले उत्तिखेरै योग विद्याद्वारा आफ्नो शरीर त्याग गरिदिए ।  उनको हड्डीबाट विश्वकर्माले वज्र बनाएर इन्द्रलाई दिए।  त्यही वज्र प्रहार गरी इन्द्रले  वृत्रासुरलाई मारे ।

लोकहितका लागि महषिर् दधीचिले आफ्नो हड्डीसमेत दान दिए।  शरीर नश्वर छ र यो एक दिन माटोमै मिल्छ भन्ने कुरा दधीचिलाई राम्रैसँग थाहा थियो। तसर्थ उनले परोपकारका निम्ति आफ्नो प्राण समेत त्यागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment