Comments Add Comment

मस्ती टकः ‘प्रेमीसँग बिताएका हरेक पल नै रमाइलो’: रेबती र नम्रता(भिडियो कुराकानी)

चलचित्र ‘समर लभ’की नव–नायिका रेवती क्षेत्रीले सुरुमा युटुबमा यसको अडियो सुनेकी थिइन् । चर्चित पुस्तक ‘समर लभ’को अडियो सुनेपछि उनी चलचित्रमा काम गर्न उत्साहित भएकी थिइन् । अहिले चलचित्रको ट्रेलर बजारमा आएपछि उनलाई जताततै ‘साया’ देखिएको भन्दै खुशी लागेको छ ।

नायिका नम्रता सापकोटाले चलचित्रमा ‘सुस्मिता’को क्यारेक्टर निर्वाहा गरेकी छिन् । यो पुस्तक पढ्दा नै उनलाई यो चलचित्रमा काम गर्न मन लागेको थियो । पछि, आफूले नै यो भूमिका निर्वाहा गर्न पाउँदा उनी खुशी छिन् ।

नम्रता र रेवतीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

चलचित्रको ट्रेलर सार्वजनिक भैसकेपछि के दर्शकले अब ‘साया’ भन्ने क्यारेक्टरमा रेवतीलाई कल्पना गर्लान् त ? रेवती भन्छिन्–‘मैले उपन्यास पढ्दा आफूलाई कल्पना गरेर पढेकी थिएँ । मलाई त्यो क्यारेक्टरमा आफू फिट भए जस्तो लाग्छ । चलचित्र हेरेपछि दर्शकले साया पात्रमा मलाई कल्पना गर्नुहुन्छ ।’

नम्रताले आफूलाई कुनै पनि काम गर्न डर नलाग्ने बताइन् । निर्देशक मुस्कान ढकालले एउटा राम्रो माहोल तयार पारिदिएकाले पनि आफूलाई सहज भएको उनले सुनाइन् । चलचित्रमा उनको केही बेडसिनका दृश्य देख्न सकिन्छ । चलचित्रमा ‘साया’ पात्रले धुम्रपान खुबै गरेकी छिन् । तर, रेवतीलाई धुम्रपानको अनुभव थिएन । यसैले पनि आफूलाई धुम्रपान गर्नका लागि निकै नै गाह्रो भएको उनले सुनाइन् ।

रेवतीको उचाई ५.९ छ । रेवतीका लागि कमै मात्र हिरोसँग उचाइका आधारमा जोडी मिल्ने देखिन्छ । रेवती भन्छिन्–‘मेरो जोडी कोसँग मिल्छ म कसरी भनुँ ?’ यता, नायिका नम्रता सापकोटाले भने आफूले चलचित्रमा काम गरेसँगै आफ्नो जोडी सधै नै अग्लो हिरोसँग हुने गरेको सुनाइन् । तर, आफू आफ्नो उचाइलाई लिएर सन्तुष्ट रहेको उनको अनुभव छ ।

कुराकानीका क्रममा रेबती र नम्रताले एक अर्काको राम्रो बानी समेत बताए । नम्रतालाई रेवतीको उचाई खुबै मनपर्छ भने उनी ज्ञानी रहेको उनले सुनाइन् । यता, रेवतीले पनि नम्रताको काम गर्ने शैली मन परेको बताइन् । नम्रताको अभिनय र समयमा हरेक स्थानमा पुग्ने बानी मनपरेको बताइन् ।

‘समर लभ’मा काम गरेका नायिकाहरुको प्रेम अनुभव छ कि छैन होला ? रेवतीले भनिन्–‘प्रेममा परेको थिएँ । प्रेमीसँग बिताएको हरेक मौसम राम्रो हुन्छ ।’ नायिका नम्रता सापकोटा पनि रोमान्टिक प्रेमी नै रोमान्टिक हुने लाग्छ । रेवतीले प्रेमबारे भनिन्–‘मलाई प्रेममा लचकता अपनाउने केटा मनपर्छ ।’

रेबती र नम्रताले निकै रमाइलो कुरा गरेका छन् । यसका लागि, तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment