+
+
Shares

सेयर बजारमा सामान्य सुधार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १६:३४

१४ माघ, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार सेयर बजारमा २ दशमलव ७९ अंकको सुधार देखिएको हो ।

यसअघि आइतबार सेयर बजारमा दोहारो अंकको गिरावट देखिएको थियो । सेयर बजार २ दशमलव ७९ अंकले बढ्दा नेप्सेपरिसूचक १ हजार १ सय ६४ दशमलव ८९ मा पुगेको छ ।

परिसूचकमा सुधार देखिए पनि आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ । दिनभर भएका ४ हजार ५ सय ८२ कारोबारबाट१ सय ६५ कम्पनीका ८ लाख ७१ हजार ८२८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २२ करोड ४३ लाख १६ हजार रुपैयाँमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकम ११ करोड ६० लाख रुपैयाँ कम हो । यसअघि आइतबार ३४ करोड ३ लाख ७१ हजार रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सिभिल बैंक (संस्थापक सेयर) अग्रस्थानमा देखिएको छ । आइतबार यस बैंकको १ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?