Comments Add Comment

‘ठग्स अफ हिन्दुस्तान’ असफल भएको चीनमा ‘अन्धाधुन’को बम्पर कमाई

बलिउड नायक आमिर खानको सर्वाधिक क्रेज भएको देश मानिन्छ, चीन । चीनमा आमिर खानले अभिनय गरेको चलचित्र ‘दंगल, सेक्रेट सुपरस्टार’ले बम्पर कमाई गरेको थियो । तर, उनै आमिरले अभिनय गरेको पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा असफल भयो । चीनमा दर्शकले बिषयवस्तु फरक र राम्रो भएका चलचित्रलाई मन पराएको पाइन्छ ।

पछिल्लो रिलिज ‘अन्धाधुन’ले चीनको बक्स अफिसमा आकर्षक कमाई गरेको छ । यो चलचित्रले चीनमा अहिलेसम्म ११५ करोड भारतीय रुपैयाँ कमाई गरेको छ । अहिले चीनको बक्स अफिसमा यो चलचित्र दोश्रो स्थानमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आयुष्मान खुराना र तब्बु अभिनित यो चलचित्रलाई दर्शकले खुबै रुचाएका छन् । भारतीय बक्स अफिसमा पनि यो चलचित्रले बम्पर कमाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment