Comments Add Comment

बुहारीले तातो माड खन्याउँदा जेठाजु घाइते

Photo Credit : प्रतीकात्मक तस्वीर

१४ बैशाख, सप्तरी । तराई, मधेसमा महिलामाथि पुरुषले चरम यातना दिने गरेका समाचार बारम्बार बाहिर आउने गर्छन् । दुई दिनअगाडि मात्रै सिरहाको कल्याणपुरमा एकजना महिलालाई ज्यूँदै आगो लगाएर मारेको घट्ना ताजै छ । तर, पुरुषले महिलालाई मात्र यातना दिइरहेको सन्दर्भमा महिलाले पनि पुरुषलाई ज्यूँदै जलाउने प्रयास गरेको घटनासमेत बाहिर आएको छ ।

घटना सप्तरी सदरमुकाम राजविराजको हो । यहाँकी एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएर सिकिस्त बनाएकी छन् ।

राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार खंगको शरीर आफ्नै बुहारीले माड खन्याएपछि जलेको छ । उनको धेरै ठाउँमा घाउ बनेको छ । बुहारी भोलीदेवी खंगले माड खन्याएको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

राजकुमारको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भोलीदेवीलाई नियन्त्रणमा लिएको छ ।

घटना शुक्रबार दिउँसोको हो । जतिबेला यी दुबैबीच नालासम्बन्धी विवाद भइरहेको थियो । भेलीदेवीका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको बखत घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई सिकिस्त बनाएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment