Comments Add Comment

धमाधम मर्ज हुँदै लघुवित्त, मिर्मिरेमा किसान र नागवेली गाभिए

३१ बैशाख,काठमाडौं । नेपाल स्टक एकसचेञ्जमा सूचीकृत तीन लघुवित्त कम्पनीले मंगलबार मर्जरमा जाने सम्झौता गरेका छन् । मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले मंगलबार संयुक्त समारोहमा एक आपसमा मर्जरको सम्झौता गरेका हुन् ।

मिर्मिरे लघुवित्तका सन्तोष फुयलको संयोजकत्वमा नागबेलीका संजय कुमार श्रेष्ठ र किसानका खिमाराज न्यौपाने सहितको तीन सदस्यीय मर्जर समितिबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । मर्जर पछि एकिकृत संस्थाको चुक्ता पूँजी ३८ करोड ६२ लाख ६३ हजार ६९० पुग्ने बताइएको छ ।

एकिकृत संस्थाको अध्यक्षमा टेक बहादुर बोहरा,  प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो तथा नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जिम्मेवारी बहन गर्नेछन् ।

याे पनि पढ्नुहाेस् :  स्वेच्छिक ‘मर्जर’ रोज्दै लघुवित्त

मर्जर पछि वित्तीय संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने वित्तीय संस्थाको लोगो र कर्पोरेट कलर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकै कायम गरिने समझदारी बनेको छ ।

एकिकृत संस्थाको केन्द्रीय कार्यालय तत्कालिन मर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा–८, काभे्रपलान्चोकमा रहनेछ । एकिकृत संस्थाले स्तरीय राष्ट्रियस्तरको लघुवित्तीय संस्थाको रुपमा स्थापीत भई सबल र दीगो लघुवित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

मुलुकमा लघुवित्त वित्तीय संस्थाहरको संख्या धेरै भएको चर्चा भएसँग नेपाल राष्ट्र बैंकले फोर्सफुल्ली मर्जरको तयारी गरिएको छ । तर राष्ट्र बैंकले जर्बजसत मर्जरमा लैजानु अघि नै लघुवित्तहरु मर्जरमा जान थालिसकेका छन् ।

यस अघि वोमी माइक्रो फाइनान्स वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने निर्णय गरेर नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएका थिए । त्यस भन्दा पनि अघि साधना लघुवित्त वित्तीय संस्था र आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment