Comments Add Comment

प्रदेश ३ मा विकासका स्वयमसेवक परिचालन

६ जेठ, हेटौंडा । जनतालाई सरकारको महशुस गराउनका लागि प्रदेश ३ ले विकास स्वयमसेवक परिचालन गरेको छ । विकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पूर्तिका लागि प्रदेश ३ सरकारले १३ वटै जिल्लामा स्वयमसेवक परिचालन गरेको हो ।

सामाजिक विकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धित जिल्लाको समन्वय समितिसँगको सहकार्यमा काम गर्ने गरी परिचालन गरेको हो ।

मन्त्रालयको गाउँमा सरकार भएको महशुस दिलाउनका लागि जनतासँग सहकार्य गर्दै विकासका काममा सहयोग पुर्‍याउने उद्देश्यले युवा स्वयमसेवक परिचालन गरिएको जनाएको छ ।

सरकारले माबि शिक्षक, अनमी, हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, बायोटेक्निकल, खेलकुद प्रशिक्षक, कृषि र पशुका प्राविधिकसहित प्रदेश ३ सरकारको महत्वपूर्ण कार्य सहयोगापेक्षी मानब मुक्त र बालविवाहमुक्त प्रदेश घोषणाको लागि सहजकर्ता परिचालन गरेको हो ।

सरकारले स्वयमसेवक कार्यका लागि १९७ जना जनशक्ति माग गरेकोमा छनौंटमा परेका ११५ जनालाई सोमबारबाट जिल्ला जिल्लामा गएर काम गर्ने गरी परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुले जिल्लामा रहेर २ वर्ष स्वयमसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

छनौंटमा परेका स्वयमसेवकलाई हेटौंडामा सरकारले बोकेको अवधारणाको बारेमा जानकारी गराउँदै जिल्लामा गएर सरकारको नाम रहनेगरी काम गर्न नियक्तिसहित पठाइएको छ ।

अभिमुखीकरणमा प्रदेश नीति तथा योजना आयोगका सदस्य यमुना कँडेल, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले सहजीकरण गरेका थिए ।

स्वयमसेवकलाई कार्यक्षेत्रमा गएर सरकारको प्रतिनिधिका रुपमा काम गर्न निर्देशन दिदै मन्त्री युवराज दुलाललेे प्रदेशको विकासको हरेक क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले स्वयंसेवक पदलाई जागिरको रुपमा नहेरिकन जनताको पक्षमाकाम गर्न निदेशन दिए । प्रदेशमा सडकमा बस्नुपर्ने बाध्यता हटाउन लागिएको र सकारात्मक कामको विकास गर्नुपर्ने बताउँदै उनले पदको दुरुपयोग नगरिकन स्वयमसेवी ढंगले काम गरेर राष्ट्रको विकास गर्न लाग्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment