Comments Add Comment

अरुणाचल प्रदेशमा एक सांसदसहित ११ को हत्या

८ जेठ, काठमाडौं । भारतको अरुणाचल प्रदेशमा एक सांसदसहित ११ जनाको हत्या भएको छ । तिराप जिल्लामा एम्बुस आक्रमणबाट नेशनल पिपुल्स पार्टीका नेता एवम् सांसद तिरांग अबोहसहित ११ जनाको मृत्यु भएको हो ।

आक्रमणमा ५६ वर्षीय सांसद अबोह, उनका एक छोरा, एकजना चुनाव प्रतिनिधि र दुई जना सुरक्षा गार्डसमेत मारिएको भारतीय राष्ट्रिय च्यानल दूरदर्शनले जनाएको छ ।

यद्यपि आक्रमणकारीको पहिचान खुलेको छैन । अरुणाचल प्रदेशको तिराप जिल्ला असम, नागाल्याण्ड र म्यानमारसँग जोडिएको छ । यस क्षेत्रमा नेशनल सोशलिस्ट अफ नागाल्याण्ड नामक समूह सक्रिय छ ।

तर, सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले सो समूहसँग संघर्षविरामको सम्झौता गरेका थिए । यस संगठनसँग अझै पनि शान्ति वार्ता जारी रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

यसैबीच गृहमन्त्री राजनाथ सिंहले आतंकवादीले सांसदसहित ११ जनाको निर्मम हत्या गरेको भन्दै दुःख व्यक्त गरेका छन् । पूर्वोत्तर क्षेत्रमा शान्ति र सामान्य स्थिति बिगार्न खोज्नु घृणित कार्य भएको भन्दै उनले दोषिलाई उन्मुक्ति नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment